सरकार र सिके राउतबीच भएको सहमतिप्रति राजपा र फोरम सशंकित
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

सरकार र सिके राउतबीच भएको सहमतिप्रति राजपा र फोरम सशंकित



राजनीति   11 पटक पढिएको   मधेश प्रदेश अनलाइन   २०७५ फागुन २६ आइतवार  
सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराई/मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन् ।

सरकार र सिके राउतबीच भएको सहमतिप्रति राजपा र फोरम सशंकित


सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा रोटी सेक्ने काम बन्द भएको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीको सो भनाइप्रति राजपा र फोरमका नेताहरूले कडा आपत्ति जनाएका छन् ।

राजपा अध्यक्ष मण्डलको शनिबार बसेको बैठकमा सरकार र राउतबीच भएको सहमतिमा विभिन्न कोणबाट छलफल भयो। बैठकपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘ शुक्रबार सरकार र राजपाबीच भएको सहमतिले सरकारप्रति धेरै प्रश्न खडा गरेको छ। अबका दिनमा राउतका गतिविधि कस्ता हुने छन्, त्यो हेर्न बाँकी नै छ।’ सरकारले नै राउतलाई प्रयोग गर्दै आएको उनको भनाइ थियो । 

उनले भने, ‘राउतलाई देखाएर हामीले रोटी सेक्ने गरका होइनौं । सरकार आफैंले राउतलाई प्रयोग गर्दै आएको छ ।’ आगामि दिनमा राउतले कसको हितमा गतिविधि गर्ने हुन यसबारे अहिले नै केही भन्न नसकिने बताउँदै उनले भने, ‘राउतले जनमतसंग्रहमा सरकारले सहमति जनायो भनेका छन तर सरकारले जनमतसंग्रहमा सहमति नभएको बताएको छ । यस विषयमा प्रधानमन्त्रीले स्पष्ट भन्नुपर्छ ।’








सम्बन्धित शिर्षक समाचारहरु

टिकापुर घट्नबारे गिरिशचन्द्र लालको प्रतिवेदन बाहिर ल्याउनुपर्छ, रेशम चौधरी निर्दोष : अनिल झा

१४ करोडका कारगेड बाइक किन्दै सरकार

सरकार र सिके राउतबीच भएको सहमतिप्रति राजपा र फोरम सशंकित

राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता हो : ओली

मधेश गठबन्धनसँगको सम्झौता सच्याउन माग

प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्ने- प्रधानमन्त्री केपी शर्मा ओली




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top