नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
खेलकुद

नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने



खेलकुद   35 पटक पढिएको   मधेश प्रदेश अनलाइन   २०७५ फागुन २ बिहिवार  
काठमाडौँ नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

 नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने


प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का ग¥यो । नेपालले उपाधिका लागि शुक्रबार म्यानमासँग प्रतिस्पर्धा गर्नेछ ।

आयोजक भारतले एक जितसहित तीन अङ्क बटुल्यो भने इरान अङ्कविहीन हुँदै घर फर्कियो । यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा इरानलाई पराजित गर्दै नेपालले फाइनल प्रवेश गर्ने सम्भावना बनाएको थियो ।

नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरिन । साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा आयोजक भारतसँगै म्यान्मा, इरान र नेपाल सहभागी छन् ।







सम्बन्धित शिर्षक समाचारहरु

मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी

नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

यूएईले नेपाललाई दियो १०८ रनको लक्ष्य

इनरुवामा नगर खेलकुद समिति कार्यालय स्थापना

भेट्रान दौडमा हरिप्रसाद शर्मा प्रथम

नेपाली महिला क्रिकेटको उदय र अन्तर्राष्ट्रिय सहभागिता




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top