मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
खेलकुद

मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी



खेलकुद   51 पटक पढिएको   मधेश प्रदेश अनलाइन   २०७५ फागुन ५ आइतवार  
काठमाडौँ स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ ।

 मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी


गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १–० को साँघुरो जित निकाल्यो । बार्साका लागि अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले निर्णायक गोल गरे ।

४३ औं मिनेटमा पेनाल्टी मार्फत एक गोल गरेका मेस्सीले अर्को एउटा पेनाल्टी अवसर भने खेर फालेका थिए । जितपछि २४ खेलबाट ५४ अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानको पकड झनै मजबुत पारेको छ ।

ला लिगा फुटबलकै अर्को खेलमा रायो भाएकानोलाई १–० ले हराउँदे एथ्लेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएका अन्य खेलमा लेभान्तेले सेल्टा भिगोलाई ४–१ ले हराउँदा रियाल सोसिडाडले लेगानेजमाथि ३–० को जित निकाल्यो ।

आईबार र गेटाफेले भने २–२ गोलको बराबरी खेले । स्पेनिस लिग फुटबलमा आज राति रियाल मड्रिड र जिरोना भिड्नेछन् ।








सम्बन्धित शिर्षक समाचारहरु

मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी

नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

यूएईले नेपाललाई दियो १०८ रनको लक्ष्य

इनरुवामा नगर खेलकुद समिति कार्यालय स्थापना

भेट्रान दौडमा हरिप्रसाद शर्मा प्रथम

नेपाली महिला क्रिकेटको उदय र अन्तर्राष्ट्रिय सहभागिता




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top