भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
बिदेश

भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु



बिदेश   39 पटक पढिएको   मधेश प्रदेश अनलाइन   २०७५ फागुन ३ शुक्रवार  
नयाँदिल्ली भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा ३४ जना अर्घसैनिक बलका जवान मारिएका छन् ।

 भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु


समाचार एजेन्सीहरुले जनाए अनुसार प्रशस्त विस्फोटक पदार्थले भरिएको एउटा कारलाई अर्धसैनिक बलका जवानहरु सवार रहेको एउटा गाडीमा ठोक्काईएपछि ठूलो संख्यामा जवानहरु मारिएका थिए ।घटनामा कम्तिमा ४० जना सुरक्षाकर्मीहरु घाईते भएको भारतीय सरकारी सञ्चार माध्यम पीटीआईले जनाएको छ ।मृतकहरुको संख्या अझ बढने सक्ने पीटीआईको रिर्पोटमा उल्लेख छ ।

भारतीय सुरक्षा फौजले आतंकवादीहरु विरुद्धको कार्वाहीलाई अत्यन्त प्रभावकारी ढंगले अगाडि बढाइरहेको बेला अतालिएर आत्मघाती हमला गराएको अधिकारीहरुले जनाएका छन् ।

हमलाको जिम्मेवारी पाकिस्तानस्थित इस्लामिक समूह जैश–ए–मोहम्मदले लिएको छ । फ्रान्सेली समाचार संस्था एएफपीले जनाए अनुसार आत्मघाती हमलापछाडि आफूहरू रहेको भन्दै जैश–ए–मोहम्मदले सञ्चारमाध्यमहरूलाई एउटा वक्तव्य पठाएको थियो ।

झण्डै दुई दशक यता सुरक्षा फौजमाथि भएको यो नै सबैभन्दा भीषण आत्मघाती हमला हो ।यस अघि सन् २०१६ को सेपटेम्बरमा १७ जना सैनिकको ज्यान जाने गरी हमला गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले ट्विट गर्दै घटनाको भर्सना गरेका छन्।








सम्बन्धित शिर्षक समाचारहरु

१४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु

चुनावी ¥यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु

युरोपको सपना : लिबियामा ५ नेपाली युवा गुण्डाको कब्जामा

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण,६५ को मृत्यु




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top