अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
बिदेश

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता



बिदेश   30 पटक पढिएको   मधेश प्रदेश अनलाइन   २०७५ फागुन ३ शुक्रवार  
वासिङटन,३ फागुन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उहाँका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रिकरण गर्न आ–आफ्ना तहबाट भइरहेका प्रयासबारे कुराकानी हुने भएको छ ।

 अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता


मध्यपूर्वको सुरक्षार्थ वार्सामा भइरहेको सम्मेलनका अवसरमा पोम्पेओ र काङले भएको कुराकानीमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रिकरण गर्ने सन्दर्भमा प्योङयाङसँगका छलफलबारे एक आपसबाट भएका प्रयास उल्लेख गर्नुभएको

अमेरिकी विदेश विभागका अनुसार उहाँहरूले अमेरिका–दक्षिण कोरिया र जापानबीच त्रिपक्षीय सहकार्यका लागि प्रतिवद्धता प्रकट गर्नुभएको छ ।

अमेरिकी समाचार संस्था सीबीएससँगको अन्तवार्तामा विदेशमन्त्री पोम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ उनबीच भियतनामको हनोइमा फेब्रुअरीको अन्त्यमा हुने दोस्रो शिखर सम्मेलनको तयारीबारे छलफलका लागि यसै हप्ताको अन्त्यसम्म अमेरिकाले एसियामा एउटा कार्यदल पठाउने सहमति भएको बताउनुभयो ।

विदेशमन्त्री पोम्पेओले भन्नुभयो, “अब आणविक निशस्त्रिकरणका लागि काम शुरू गर्ने समय भएको छ र आशा छ यो शिखर सम्मेलनले यसलाई सम्पन्न गर्नेछ ।”

उत्तर कोरिया मामिला अमेरिकी विशेष प्रतिनिधि स्टेफन बेइगनले गत हप्ता प्योङयाङको तीन दिन लामो भेट उत्तरकोरियाली समकक्षी किम ह्योक चोलसँग गत बर्षको जुनमा सिङ्गापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचभएको पहिलो शिखर सम्मेलनले तय गरेको मार्गचित्र अनुसार नयाँ वार्तालाई अघि बढाउने प्रतिवद्धता व्यक्त भएको थियो ।

बेइगनले जनवरी ३१मा अमेरिकी पक्षले वार्ताको तयारीका लागि छलफल गर्नेमा जोड दिँदै उत्तर कोरियाको आणविक निशस्त्रिकरण हुनुपूर्व अमेरिकाद्वारा प्योङयाङमाथि लगाएको प्रतिबन्ध फुकुवा नहुने बताउनुभएको थियो ।

दोस्रो शिखर सम्मेलन पहिले बेइगन र किमह्याक चोलबीच तयारीका लागि पुनः भेट्ने सहमति भएको थियो । यसै सहमति अनुसार अमेरिकी टोली एशिया आउने विदेशमन्त्री पोम्पेओको भनाइ आएको हो ।







सम्बन्धित शिर्षक समाचारहरु

१४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु

चुनावी ¥यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु

युरोपको सपना : लिबियामा ५ नेपाली युवा गुण्डाको कब्जामा

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण,६५ को मृत्यु




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top