यस्ता छन् आजका पत्रपत्रिकाका
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
पत्रपत्रिका

यस्ता छन् आजका पत्रपत्रिकाका



पत्रपत्रिका   67 पटक पढिएको        

यस्ता छन् आजका पत्रपत्रिकाका


सम्बन्धनमा छानविनको नाटक : नागरिक दैनिक

मेडिकल कलेज सञ्चालन निम्ति सम्बन्धन पाउने न्युनतम सर्त कम्तीमा तीन बर्षदेखि अस्पताल सञ्चालन हुनु हो । 

तर, अस्पतालन सञ्चालन अनुमति नै नपाएको रा निर्धारित प्राज्ञिक एवम् भोतिक पुर्वाधार नभएको काठमाडौं घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेजलार्य सम्बधन दिने र्निा आफैमा गलत थियो भन्ने निष्कर्ष सत्य साबित भएको छ । 

अन्तत : त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले उक्त कलेजलाई सम्बन्धन दिने आफ्नो विवादित निर्णय स्थगन गर्न बाध्य भएको छ । 


रोहिंग्यामाथिको अपराध रोक : नयाँ पत्रिका 

म्यानमारको राखने प्रान्त केही वर्षदेखि अशान्त छ । मानिसको बस्ती आगो लगाएर उठाइएको छ । महिलाहरू बलात्कार र अन्य सबै हिंसाको सिकार भएका छन् । बालबालिका र वृद्धवृद्धालाई बेघरबार बनाइएको छ । देश छाडेर सीमापार जान बाध्य पारिएको छ । शरणार्थी बन्दै अनिश्चित भाविष्य बोकेर मानिसहरू ज्यान हत्केलामा राखी बंगलादेशतिर भागिरहेका छन् ।

यो सब म्यानमारको बहुसंख्यामा रहेको बर्मिज जातिबाट अत्यन्त अल्पसंख्यामा रहेको मुस्लिम समुदायको एउटा समूह रोहिंग्यामाथि भइरहेको छ । दुई सातायता मात्र त्यहाँबाट ४० हजार मानिस विस्थापित भएका छन् । यसरी उनीहरूलाई उठिवास लगाएर, हत्या र बलात्कारको सिकार बनाएर लखेट्ने काम अरू कसैले होइन, म्यानमारको सरकारी सेना र सुरक्षा निकायले गरिरहेको छ ।

यस्तो मानवताविरुद्धको अपराध गर्नेमा अरू कोही नभएर शान्तिका लागि नोबेल पुरस्कार प्राप्त प्रजातन्त्रवादी नेतृ आङ सान सु किले नेतृत्व गरेको सरकारको राज्य संयन्त्रले गरिरहेको छ ।

यसले विश्वमा एकैपटक क्षोभ र घृणा बढाइरहेको छ । म्यानमारमा नै केही महिनापहिले आङ सान सु किका सहयोगी रहने गरेको चर्चित वकिल को नी को दिउँसै बीच सडकमा गोली हानी हत्या गरियो । त्यसको कुनै खास प्रतिवाद भएन ।

 यस्तो अपराध जारी रहे सुकीलाई पनि नोबेल पुरस्कार प्राप्त भनेर चिनारी जोगाइरहन मुस्किल पर्ला । म्यानमारलाई यस्तो हिंसा रोक्न चीन र भारतले दबाब दिन सक्छन् र विश्व समुदायले यो अपराध रोक्न तत्काल कदम चाल्नु जरुरी भइसकेको छ ।

सम्बन्धनमा संलग्नामाथि छानविन गर : कान्तिपुर दैनिक 

चौतर्फि दबाब र आलोचनापछि त्रिभुवन विश्वविद्यालयले विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन निर्णय स्थागित गरेको छ । 

अस्थायी सम्बन्धन दिने निर्णको झन्डै दुई महिनापछि विश्वविाद्यालयका पदाधिकारीले फेस सेभिङ का लागि छानविन समितिसमेत गठन गरेका छन् र समितिको प्रतिवेदनपछि सम्बन्धन खारेज गर्ने औपचारिकता निर्णयसमेत गरेका छन् । 


विश्वविद्यालयको यो निर्णयसंगै हाललाई एउटा पुर्वाधार नै नभएको, विवदास्पद र फर्जि प्रतिवेदनका आधारमा सबै ठीकठाक देखिएको कलेजको सम्बन्धन त रोकिएको छ । 

त्रुटि सच्याउने संकेत : अन्नपुर्ण पोष्ट 

ढिलै भए पनि त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयबाट पछि हटेको छ ।

काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माथेमा प्रतिवेदनको सुझाव र डा. गोविन्द केसीसँग सरकारले गरेको पछिल्लो सम्झौताविपरीत त्रिवि कार्यकारी परिषद्ले गत साउन १२ गते उक्त कलेजलाई सम्बन्धन दिने 'गोप्य' निर्णय गरेको थियो ।

सर्वोच्च अदालतको आदेशको आधारमा सम्बन्धन दिएको बचाउ त्रिवि कार्यकारी परिषद्ले गरे पनि अन्ततः आफ्नो निर्णयबाट पछि हट्नुले त्रिविका अधिकारीहरूको नियतमा प्रश्न उठेको छ ।

सम्बन्ध उचित छ÷छैन भन्ने कुरा प्रारम्भमै विचार नगरी सञ्चारमाध्यमबाट निरन्तर दबाबपछि मात्रै पछि हट्नुले शंकाको प्रशस्त आधार दिएको छ । त्रिवि कार्यकारी परिषद्ले त्रुटि सच्याउनेतर्फ उन्मुख हुनु सकारात्मक छ । यद्यपि, यस सम्बन्धन प्रकरणले उठाएको संशयमाथि थप छानबिन आवश्यक छ।

त्यो सुझावलाई सरकारले कार्यान्वयन गर्ने निर्णय गरिसकेको सन्दर्भमा त्रिवि परिषद्बाट भएको नेसनल कलेजलाई सम्बन्धन दिने निर्णय स्थगित मात्र होइन, सधँैका लागि खारेज गरिनुपर्छ । त्यसो भएमा मात्रै नेपालमा चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि भएका पहल सार्थक हुनेछन् ।








सम्बन्धित शिर्षक समाचारहरु

यस्ता छन् आजका पत्रपत्रिकाका

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

यस्ता छन् आजका पत्रपत्रिकाका

आजका पत्रपत्रिकाका

आजका पत्रपत्रिकाका सम्पादकीय

पत्रपत्रिकाबाट बजेट सक्ने विकाश निर्माण




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top