यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
पत्रपत्रिका

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय



पत्रपत्रिका   153 पटक पढिएको        
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको राजधानीमा दिनहाडै गोली हानी हत्या भएको घटनाले खासगरी व्यवसायीहरुमा असुरक्षाभाव पैदा गरेको छ ।



करिव तीन दशकदेखि निर्माण व्यवसायमा संलग्न गौचनको हत्या रकम असुलीसंग् जोडिएको अनुमान गरिएको छ । 

घटनालगत्तै अरु निर्माण व्यवासायीलाई पनि अज्ञात नम्बरबाट फोन गरेर धम्कीसहित रकम मागएबाट यति बेला अवैध असुली गर्ने गिरोहको सक्रियतामा बढेको सहजै बुझ्न सकिन्छ । 

यो घटनालो राज्यको सुरक्षा व्यवासायमाथि प्रश्न पनि उठाईदिएको छ । 

गौचनको हतयामा संलग्न व्यक्तिहरुको मनोबल बढ्ने र भथप अरु प्रताडी हुने जोखिमसमेत छ ।

एक अर्काबीच आलोचना नगरियोस्: गोरखापत्र
 

आउँदो मंसिर १० र २१ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि राजनीतिक दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेको छन् । 

उम्मेदवारको मनोनय दर्ता नभए पनि चिया पसल तथा चोक चोकमा चारजना मानिस जम्मा हुनेवित्तिकै हालै सम्पन्न स्थानीय निकायको मत परिणामलाई आधार मान्दै आगामी निर्वाचनको हारजितको अड्कालबाजी गर्ने गरेका छन् । 

राष्ट्रिय राजनीतमा दिनानुदिन पैदा भईरहेको तरङ्गले कतै विर्नाच नै त धकेलिने हैन भन्ने आशंका उब्जिरहेको भए पनि आममतदाता भने तोकिएको समयमा निर्वाचन सम्पन्न हुनेमा ढुक्क देखिन्छन् । 

सुरक्षा संवेदनशीलताः नागरिक 

राजधानी उपत्यकाको मुटुमा दिहाडै निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याले यहाँको सुरक्षा व्यवस्था फेरि विग्रेको स्पष्ट संकेत गरेको छ ।
 
जनआन्दोलन २०६२, ६३ पछिको विग्रँदो सुरक्षा व्यवस्थाका कारण यहाँ व्यवसायीको हत्या र अपहरणका कारण घटनाले तिव्रता पाए पनि पछि तत्परताले सफलता हासिल गरेको अनुभव भएको हो । 

गितमा संगठित अपराधले जनजीवन त्रस्त भएपछि उपत्यकाको सुरक्षालाई गृह प्रशासनले संवेदनशील भएर हेर्दै आएको थियो । 

त्यसका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखामा पाईने प्रहरी अधिकारीको चयन भागबन्डाभन्दा पनि क्षमतामा निर्भर हुने गरेको थियो । 

अपराधिक घटना हुन नदिन सुचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीभित्रका जासुसी संयन्त्र क्रियाशिल हुनुपर्ने हो । 

तर, यी निकायमा विगतमा गृहमन्त्रीको दलका परिणाम आज मुलुकले भोग्दैछ ।

 

सुुरक्षा व्यवस्थामा प्रश्न: नयाँ पत्रिका

राजधानीको मध्यभागमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको घटनाले नेपालमा संगठित अपराधी गिरोहको चुनौती निकै थपिएको देखाएको छ ।

दिनेश अधिकारी चरी, कुमार घैंटेलगायतको इन्काउन्टर र केहीलाई जेल पठाउन सफल भएपछि निर्धक्क भएको प्रहरी नेतृत्व केही समययता अपराधी गिरोहलाई ठूला अपराध गर्नुअघि नै तह लगाउन असफल हुँदै गएको देखिएको छ ।

खासगरी गतवर्ष रुपन्देहीमा युवासंघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न व्यक्तिको पहिचान भएर पनि पक्राउ गर्न नसकेपछि यस्तो आपराधिक समूह उत्साही भएकोजस्तो देखिएको छ । शरद गौचन निर्माण व्यवसायका क्षेत्रमा स्थापित नाम हो ।

​अन्य व्यवसायमा पनि उनको लगानी सफल नै मानिन्छ । निर्माण व्यवसायीको छाता संगठनको नेता रहेका गौचनको हत्या काठमाडांैमा भएका हाई–प्रोफाइल हत्याको शृंखलामा पछिल्लो हो । यसले राजधानीको सुरक्षा व्यवस्था निकै चुनौतीपूर्ण बनेकोतर्फ संकेत गर्छ ।

नेपालमा सानातिना गुन्डागर्दी गरेर, धम्क्याएर पैसा असुल्ने र पछि एउटा स्तरको आतंक सिर्जना गरिसकेपछि राजनीतिक दल, प्रहरी र व्यापारी व्यवसायीकै संरक्षणमा डन बन्ने परम्परा लामो समयदेखि चलेको छ ।

एकप्रकारले भारतीय सिनेमा ग्याङ अफ वासेपुरमा देखाइएजस्तो व्यवसायीहरूले नै आफ्ना अल्पकालीन स्वार्थका लागि यस्ता डन र गुन्डा हुर्काउन मद्दत गर्ने गरेको सबैलाई थाहा भएकै कुरा हो ।


असुरक्षित राजधानी अन्नपुर्ण 
 

दिनदहाडै राजधानीको केन्द्र बानेश्वरमा भएको निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याले व्यावसायीहरू मात्रै होइनन्, सर्वसाधारणसमेत त्रस्त छन् ।

बानेश्वरजस्तो सुरक्षा संयन्त्रको सहज पहुँच भएको स्थानमा मध्यदिनमै हत्या हुनुले जोकोही असुरक्षित रहेको सन्देश दिन्छ । त्यसमाथि हत्यारा सहजै भाग्नुले सुरक्षा संयन्त्रको कमजोरी पनि प्रस्टै हुन्छ ।

व्यवसायीको मात्र होइन, प्रत्येक व्यक्तिको बाँच्न पाउने हकको सुरक्षा गर्नु राज्यको दायित्व हो । गौचन हत्याले व्यक्तिको सुरक्षा गर्न राज्य निष्फल रहेको देखिन्छ ।

केही वर्षपहिले सुरक्षा र यातायात सुरक्षालाई समेत ख्याल गर्दै राजधानीका चोक र गल्लीमा सीसीटीभी क्यामेरा जडान गरेको बताइएको थियो । तर ती सबै ठाउँमा जडान गरिएका छैनन् ।

घटनाको खोजी र छानबिन गर्न यस्ता प्रविधि जडान गरिएको हुन्थ्यो भने अझ सहज हुन्थ्यो । घटनाले सीसीटीभीलगायतका सुरक्षाको दृष्टिले सहयोगी पूर्वाधारको व्यवस्थापन जरुरी देखिएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु

यस्ता छन् आजका पत्रपत्रिकाका

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

यस्ता छन् आजका पत्रपत्रिकाका

आजका पत्रपत्रिकाका

आजका पत्रपत्रिकाका सम्पादकीय

पत्रपत्रिकाबाट बजेट सक्ने विकाश निर्माण




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top