ज्वाइ खाजा खाएर पैसा नतिर्नेहरुको नाम सार्वजनिक
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अर्थ / व्यापार

ज्वाइ खाजा खाएर पैसा नतिर्नेहरुको नाम सार्वजनिक



अर्थ / व्यापार   164 पटक पढिएको   मधेश प्रदेश अनलाइन     
रौतहट,१२ माघ । रौतहटको चन्द्रपुर ४ का आनन्द दाहालको खाजानास्ताको होटल छ ।

ज्वाइ खाजा खाएर पैसा नतिर्नेहरुको नाम सार्वजनिक


 त्यहा रौतहटका धेरै जसो कर्मचारी , व्यापारी , जनप्रतिनिधीहरु खाजा खान आउछन । तर खाएर बर्षौ सम्म उधारो राखेपछि दाहालले पैसा उठाउने अनौठो जुक्ति निकालेका छन ।

उनले उधारो खाएर नतिर्नेहरूलाइ धन्यवाद भनेर उधारो खाने ग्राहकको नामावली काउन्टर को छेउमा झुण्ड्याएर सार्वजनिक गरेका छन  । उनले सार्वजनिक गरेको नाम लिष्ट सामाजीक संजालहरुमा भाइरल नै भएको छ ।

चन्द्रनिगाहपुर चोक नजिक दाहालको ज्वाइँ जेठान नामको खाजा होटल छ । उनको होटलमा पाइने खाजा ज्वाइ खाजाले प्रख्यात छ । नाम सार्वजनिक भएपछि केहीले रकम तिरेको र केहीले भने वेइज्जत गरेको भन्दै धम्क्याएको उनले दुखेसो पोखे ।

उनले सार्वजनिक गरेको लिष्टमा जनप्रतिनिधी देखी , व्यापारी, सामाजीक सघसस्थाका अगुवाहरुको नाम छ ।  उनको होटलमा चन्द्रपुर, गरुडा र गुजरा लगाएतको स्थानियतहका केही कर्मचारीले समेत उधारो खाएका छन ।

पैसा तिर्न आग्रह गरेको छु तिरेनन भने उनीहरुको पनि नाम सार्वजनिक गर्ने  होटल संचालक दाहाललको भनाइ छ ।

बिगत १० बर्ष अघि देखी होटल संचालन गर्दै आएका दाहालले भने दुख गरेर जुठोभाडा माझेर खुवाएको पैसा नदिदा दिक्क लागेर आउछ ।सभार कलमपाटी अनलाईन








सम्बन्धित शिर्षक समाचारहरु

प्राधिकरण ढाट्ने पाँच उद्योगलाई अदालतको संरक्षण, ४ अर्ब विद्युत महसुल ठगी

कोठाभाडा तिर्न नसकेका अधिकारीको अहिले घर, कार र करोडौँको कारोबार

व्यापार संघको महिला उद्यमी समिति संयोजकमा रिजाल

ज्वाइ खाजा खाएर पैसा नतिर्नेहरुको नाम सार्वजनिक

मुनलाईट एकेडेमी द्धारा सप्ताहब्यापी खेल प्रतियोगिता

सर्लाहीमा आगलगीबाट छ घर नष्ट, अठार लाखको क्षति




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top