बिधुत पोलमा मोटरसाईकल ठक्करले दुर्घटना, सवारी चालकको निधन
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
दुर्घटना / सुरक्षा

बिधुत पोलमा मोटरसाईकल ठक्करले दुर्घटना, सवारी चालकको निधन



दुर्घटना / सुरक्षा   702 पटक पढिएको   अभिमनु कुमार पटेल     
रौतहट, २५ फाल्गुण । रौतहटको गौर देखि लक्ष्मीपुर बेलबिछवा जाने सडक खण्डमा शुक्रबार राति बिधुतीय पोलमा मोटरसाईकलले ठोकिदा एक जना युवाको मृत्यु भएको छ ।

बिधुत पोलमा मोटरसाईकल ठक्करले दुर्घटना, सवारी चालकको निधन


शुक्रबार राती करीब ९ बजेको क्रममा गौर नगरपालिकाका वडा नं ९ सिर्सिया टोल निवासी ३५ बर्षीय मुकेश राउतले आफ्नो ससुराली घर राजदेवी नगरपालिका ९ ब्रहम्पुरीबाट फर्किने क्रममा राजदेवी न.पा. ८ लक्ष्मीपुर बेलबिछवा टोल स्थित निर्माण सडक बिचमा रहेको अलपत्र अवस्थाको बिजुली पोलमा ठक्कर लागि मृत्यु भएको छ । मृतक राउतको २ छोरी र एक छोरा रहेको छ ।

No photo description available.

निर्माण कम्पनीको चरम लापरबाहीका कारण अकालमा राउतको ज्यान गएको र यस्ता लपारवाह कम्पनी माथि कानुनी कार्यवाही नहुनु दुर्भाग्य रहेको पुर्व सभासद बबन सिंहले बताउनु भयो । यस घटना सम्बन्धिमा निर्माण कम्पनीसंग सम्पर्क गर्दा आफुहरुलाई विजुली पोल सार्ने जिम्मेवारी नरहेको र यस्तो घटना दुखद भएको साथै आफ्नो कम्पनीलाई पोल सार्ने जिम्मेवारी दिए तुरुन्तै काम सम्पन्न गर्ने र आउने दिनमा अरु अप्रिय दुर्घटना हुनबाट सतर्क रहन प्रोजेक्ट मैनेजर अजय कुमार गुप्ताले जानकारी दिएको छ ।

Image may contain: one or more people, sky, outdoor and nature








सम्बन्धित शिर्षक समाचारहरु

बिधुत पोलमा मोटरसाईकल ठक्करले दुर्घटना, सवारी चालकको निधन

रौहतटको जिम्मेवारी (एसपी) भुपेन्द्र खत्रीलाई

दुर्घटना न्यूनीकरणका लागि मिर्चैया ट्राफिक प्रहरी पोष्टले सडकमै चालकको आँखा परीक्षण

ब्राउन सुगर सहित एक भारतिय नागरिक पक्राउ

अपराध नियन्त्रणमा प्रदेश २ को शून्य सहनशीलता

डिआईजीको निशानामा तराईका हतियारधारी समूह




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top