कोटेश्वर–कलङ्की सडकमा सुधारका काम सुरु
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

कोटेश्वर–कलङ्की सडकमा सुधारका काम सुरु



समाज   14 पटक पढिएको   मधेश प्रदेश अनलाइन   २०७५ फागुन २६ आइतवार  
काठमाडौँ ललितपुर– कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ ।

कोटेश्वर–कलङ्की सडकमा सुधारका काम सुरु


चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बतउनुभयो । 

आकाशेपुल निर्माणको काम अहिले भइरहेको छ भने जेब्राक्रसिङ निर्माण, डिभाइडर राख्नेलगायत काम चाँडै हुने उनले बताए । उनले भने, ‘सडक सुरक्षाका लागि आवश्यक कुराहरु थपेर यो सडक सुरक्षित बनाउन लागिएको हो ।’

उनका अनुसार शहरी सडकमा कम दूरीमा नै ‘जेब्राक्रसिङ’ चाहिने भएकाले यो सडकखण्डमा पनि ठाउँठाउँमा ‘जेब्राक्रसिङ’ निर्माण गर्ने योजना छ । यात्रुलाई बाटो काट्न सजिलो होस् भनेर नै एक–एक किलोमिटरको दूरीमा पर्ने गरेर आकाशेपुलको निर्माण भइरहेको उनले बताए । 

विभिन्न स्थानमा सडकमा रङ लगाउनेलगायत काम गरिने बताइएको छ । चीनमा सडक चिह्नले मात्रै डिभाइडरको काम गर्ने भए पनि नेपालमा त्यसले मात्रै लेन अनुशासन कायम नहुने हुँदा समस्या भएको महाशाखाका प्रमुख श्रेष्ठले बताए । उनले भने, ‘यहाँ पर्खाल लगाउने वा भौतिक अवरोध चाहिन्छ भन्ने हाम्रो मान्यता छ ।’ 

चक्रपथकै दोस्रो खण्डका रुपमा कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक निर्माणका लागि विस्तृत परियोजना अध्ययन (डिपिआर) को काम भइरहेको पनि उनले जानकारी दिए ।








सम्बन्धित शिर्षक समाचारहरु

१५ वर्ष पुरानो बिक्रम टेम्पो आज बाट भेरि नेपाल मा बिक्री वितरण सुरु

बहुदरमाई नगरपालिका मा १९८ छात्राहरु लाई साईकल बितरण

विप्लव नेकपाको नेपाल बन्दको प्रभावः ठाउँठाउँमा बम, बस र ट्रकमा आगजनी

रौतहटमा शंकास्पद वस्तु भेटियो, सेनाद्धारा डिस्पोज

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको - अध्यक्ष अरुण साह

रुपेन्देहीमा गोली हानी युवकको हत्या




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top