प्रदेश २ का साढे ५ लाख विद्यार्थी खाजाबाट बंचित, डेढ अर्ब रुपैयाँ फ्रिज
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

प्रदेश २ का साढे ५ लाख विद्यार्थी खाजाबाट बंचित, डेढ अर्ब रुपैयाँ फ्रिज



समाज   12 पटक पढिएको   मधेश प्रदेश अनलाइन     
जनकपुरधाम,२६ फागुन : प्रदेश २ का विद्यार्थीको खाजाका लागि संघीय सरकारबाट प्राप्त डेढ अर्ब बढी रकम प्रदेश र स्थानीय सरकारको लापरबाहीका कारण फ्रिजु हुने अवस्थामा पुगेको छ ।

प्रदेश २ का साढे ५ लाख विद्यार्थी खाजाबाट बंचित, डेढ अर्ब रुपैयाँ फ्रिज


विद्यार्थीलाई विद्यालयमा टिकाई राख्ने उद्देश्यले संघीय सरकारबाट स्थानीय तहमार्फत विद्यालयमा सञ्चालित दिवा खाजाको रकम शैक्षिक सत्र समाप्त हुन लाग्दा पनि बाड्न सकिएको छैन ।

बालबालिकाले बीचमै विद्यालय छाड्ने समस्या रोक्न र सामुदायिक विद्यालयको गुणस्तर उकास्न सरकारले प्राथमिक तहका विद्यार्थीलाई दिवा खाजामा प्रत्येक दिन १५ रुपैयाँ दिन रकम विनियोजन गरेको थियो। यो कार्यक्रम फाटफुट विद्यालयबाहेक प्रदेशका जिल्लाहरूमा सञ्चालन हुन सकेको छैन ।

धनुषामा मात्रै प्रावि र बालविकासमा अध्यनरत करिब ७५ हजार बालबालिकाका लागि दिवा खाजा शिर्षकमा २० करोड रुपैयाँ बजेट निकासा भएको छ । तर, शैक्षिक सत्र बित्न एक महिना मात्र बाँकी हुँदा जनकपुर उपमहानगरपालिका बाहेक जिल्लाका १७ वटै स्थानीय तहले अहिलेसम्म विद्यालयमा कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् ।

प्रदेश २ का ८ वटा जिल्लामा करीब ५ लाख ६६ हजार बालबालिका कक्षा १ देखि ५ सम्म अध्यनरत छन् ।








सम्बन्धित शिर्षक समाचारहरु

१५ वर्ष पुरानो बिक्रम टेम्पो आज बाट भेरि नेपाल मा बिक्री वितरण सुरु

बहुदरमाई नगरपालिका मा १९८ छात्राहरु लाई साईकल बितरण

विप्लव नेकपाको नेपाल बन्दको प्रभावः ठाउँठाउँमा बम, बस र ट्रकमा आगजनी

रौतहटमा शंकास्पद वस्तु भेटियो, सेनाद्धारा डिस्पोज

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको - अध्यक्ष अरुण साह

रुपेन्देहीमा गोली हानी युवकको हत्या




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top