१४ करोडका कारगेड बाइक किन्दै सरकार
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

१४ करोडका कारगेड बाइक किन्दै सरकार



राजनीति   13 पटक पढिएको   मधेश प्रदेश अनलाइन   २०७५ फागुन २६ आइतवार  
काठमाडौँ सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैंयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ(कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो ।

 १४ करोडका कारगेड बाइक किन्दै सरकार


त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् ।

राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैंयाँबराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।

उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैंयाँमा ६ सय ५० सीसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ ।

खरिदका क्रममा रहेका ती मोटरसाइकल प्रतिएकको मूल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ । -नागरिक दैनिकबाट








सम्बन्धित शिर्षक समाचारहरु

टिकापुर घट्नबारे गिरिशचन्द्र लालको प्रतिवेदन बाहिर ल्याउनुपर्छ, रेशम चौधरी निर्दोष : अनिल झा

१४ करोडका कारगेड बाइक किन्दै सरकार

सरकार र सिके राउतबीच भएको सहमतिप्रति राजपा र फोरम सशंकित

राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता हो : ओली

मधेश गठबन्धनसँगको सम्झौता सच्याउन माग

प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्ने- प्रधानमन्त्री केपी शर्मा ओली




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top