त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि तहको गरिमा बढाउन थाल्यो यस्तो तयारी
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि तहको गरिमा बढाउन थाल्यो यस्तो तयारी



समाज   33 पटक पढिएको   मधेश प्रदेश अनलाइन   २०७५ फागुन २६ आइतवार  
काठमाडौँ काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि तहको गरिमा बढाउन थाल्यो यस्तो तयारी


संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को पाँचौँ राष्ट्रिय महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ । 

समितिको वरिष्ठ उपाध्यक्षमा मोतीराम फुयाँल, खुल्ला उपाध्यक्षमा अमल राई, नारायण पौड्याल तथा महिला उपाध्यक्षमा अञ्जु गौतम चयन भएका छन् । 
।  यसैगरी प्रदेश उपाध्यक्षमा रोहिणीरमण दवाडी (प्रदेश न १), केशवराज पाठक (प्रदेश न ३), उमेश सापकोटा (प्रदेश न. ५), धर्मदत्त भट्ट (सुदूरपश्चिम), गण्डकी, कर्णाली र प्रदेश नं २ को उपाध्यक्षबाट प्रतिनिधित्व हुने युनियनले जनाएको छ । 

युनियनको महासचिवमा भोला चालिसे, उपमहासचिवमा भवानी पराजुली, अर्थ उपमहासचिवमा सुधीर झा, सचिवमा दीपक गौतम र रामकुमार राई चयन भएका छन् । यसैगरी संरक्षक समितिको अध्यक्षमा पूर्वअध्यक्ष मुकुन्द गौतम र सल्लाहकार समितिको प्रमुखमा ईन्द्रराज भट्टराई चयन भएका छन् । निजी विद्यालयमा कार्यरत शिक्षकको सो सङ्गठन वि.सं २०६० मा स्थापना भएको थियो । 

महाधिवेशनले बालबालिकाले अनिवार्य, निःशुल्क, गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदन अनुसारको राष्ट्रिय शिक्षा ऐन तत्काल ल्याउन माग गरेको छ । 

संस्थागत विद्यालयका शिक्षक कर्मचारीको ट्रेडयुनियन अधिकारका लागि शिक्षा ऐनमा व्यवस्था गर्न, हालै सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई पनि समावेश गर्न माग गरेको छ । शिक्षामा बढ्दै गरेको निजीकरण र व्यापारीकरणलाई निस्तेज बनाउँदै संस्थागत विद्यालयलाई नियमनको दायरामा ल्याउने प्रावधान गर्न र अनुगमनलाई प्रभावकारी बनाउन पनि युनियनले माग गरेको छ । 

सामुदायिक विद्यालयका शिक्षकका लागि सरकारले तोकेको तलबभत्ता बराबरको सेवा सुविधा, नियुक्तिपत्र, विद्यालय व्यवस्थापन समितिमा शिक्षक कर्मचारीको प्रतिनिधित्व संस्थागत विद्यालयको हकमा पनि सुनिश्चित गर्न महाधिवेशनले माग गरेको महासचिव चालिसेले जानकारी दिए ।








सम्बन्धित शिर्षक समाचारहरु

१५ वर्ष पुरानो बिक्रम टेम्पो आज बाट भेरि नेपाल मा बिक्री वितरण सुरु

बहुदरमाई नगरपालिका मा १९८ छात्राहरु लाई साईकल बितरण

विप्लव नेकपाको नेपाल बन्दको प्रभावः ठाउँठाउँमा बम, बस र ट्रकमा आगजनी

रौतहटमा शंकास्पद वस्तु भेटियो, सेनाद्धारा डिस्पोज

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको - अध्यक्ष अरुण साह

रुपेन्देहीमा गोली हानी युवकको हत्या




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top