जनकपुरबासीले नै नदेखेको ठाउँमा सारियो श्रम कार्यालय , ८ जिल्लाकै सेवाग्राहीले सास्ती पाउने पक्का
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

जनकपुरबासीले नै नदेखेको ठाउँमा सारियो श्रम कार्यालय , ८ जिल्लाकै सेवाग्राहीले सास्ती पाउने पक्का



समाज   22 पटक पढिएको   मधेश प्रदेश अनलाइन     
जनकपुधराम,२६ फागुन। जनकपुरको श्रम तथा रोजगार कार्यालय जनकपुरको बिकट स्थानमा सारिएको छ ।

जनकपुरबासीले नै नदेखेको ठाउँमा सारियो श्रम कार्यालय , ८ जिल्लाकै सेवाग्राहीले सास्ती पाउने पक्का


प्रदेश २ को आठवटा जिल्लालाई सहज हुने गरी राख्नुपर्ने कार्यालय जनकपुरको क्याम्पसचोकदेखि करिब ३ किलोमिटर पूर्व चौरमा रहेको गणेश पार्टी प्यालेशमा सारिएको हो ।

काठमाडौंमा मात्र केन्द्रित श्रम कार्यालय जनताको सहजताको लागि करिब दुई महिना अघि सातवटा प्रदेशको राजधानीमा स्थापना गरिएको थियो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा पनि मुरलीचोक र क्याम्पसचोकको बिचमा पश्चिमपट्टी रहेको श्रम कार्यालयमा श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको थियो । त्यहाँ पनि साँघुरो ठाउँ रहेकाले कार्यालयमा दैनिक हुने सेवाग्राहीको चापले समस्या हुने गरेको थियो । त्यसैले आठवटै जिल्लाका सर्वसाधारणलाई मध्यनजर गरी जनकपुरकै सहज र सबैले देख्ने गरी फराकिलो स्थानमा राख्नुपर्ने कार्यालय जनकपुरकै अधिकांश बासिन्दाले नदेखेको ठाउँमा आईतवारदेखि सारिएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुवाको चारैतिर बस्ती नै नभएको स्थानमा निर्माण गरिएको गणेश पार्टी प्यालेशमा थन्काएपछि आठवटै जिल्लाका सर्वसाधारणहरु सास्ती पाउने निश्चित भएको छ । 

तर जनकपुर श्रम कार्यालयका प्रमुख मनोज कुमार यादवले भने फराकिलो र उपयुक्त स्थानमा कार्यालय सारेको दावी गरेका छन् । उनले पहिलाको स्थानमा दलाली,घुस्सपैठी र सेवा ग्रहीको समस्यालाई मध्य नजर राखदै कुनै किसिमको समस्या नहोस् भन्ने उदेश्यका साथ कार्यालयको ठाउँ परिवर्तण गरेको बताए । उनले अव दलालहरुलाई ठुलै झट्का लागेको प्रतिक्रिया दिएका छन् । तर एकान्त चौरमा लगेर कार्यालय स्थापनाले झनै दलाली र आठजिल्लाकै सर्वसाधारणले सास्ती पाउने सम्भावना बढेको जनकपुरकै बासिन्दाहरुको ठम्याइछ । 

प्रमुख यादवले नयाँ ठाउँमा जान केहि दिन सर्वसाधारणलाई समस्या भएपनि पछि विस्तारै सहज हुने प्रतिक्रिया दिएका छन् ।








सम्बन्धित शिर्षक समाचारहरु

१५ वर्ष पुरानो बिक्रम टेम्पो आज बाट भेरि नेपाल मा बिक्री वितरण सुरु

बहुदरमाई नगरपालिका मा १९८ छात्राहरु लाई साईकल बितरण

विप्लव नेकपाको नेपाल बन्दको प्रभावः ठाउँठाउँमा बम, बस र ट्रकमा आगजनी

रौतहटमा शंकास्पद वस्तु भेटियो, सेनाद्धारा डिस्पोज

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको - अध्यक्ष अरुण साह

रुपेन्देहीमा गोली हानी युवकको हत्या




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top