Madhesh Pradesh Online
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
खेलकुद

मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी



खेलकुद   52 पटक पढिएको   मधेश प्रदेश अनलाइन     
काठमाडौँ स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ ।

 मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी


गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १–० को साँघुरो जित निकाल्यो । बार्साका लागि अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले निर्णायक गोल गरे ।

४३ औं मिनेटमा पेनाल्टी मार्फत एक गोल गरेका मेस्सीले अर्को एउटा पेनाल्टी अवसर भने खेर फालेका थिए । जितपछि २४ खेलबाट ५४ अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानको पकड झनै मजबुत पारेको छ ।

ला लिगा फुटबलकै अर्को खेलमा रायो भाएकानोलाई १–० ले हराउँदे एथ्लेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएका अन्य खेलमा लेभान्तेले सेल्टा भिगोलाई ४–१ ले हराउँदा रियाल सोसिडाडले लेगानेजमाथि ३–० को जित निकाल्यो ।

आईबार र गेटाफेले भने २–२ गोलको बराबरी खेले । स्पेनिस लिग फुटबलमा आज राति रियाल मड्रिड र जिरोना भिड्नेछन् ।






सम्बन्धित शिर्षक समाचारहरु

मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ ।

नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

यूएईले नेपाललाई दियो १०८ रनको लक्ष्य

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ ।

इनरुवामा नगर खेलकुद समिति कार्यालय स्थापना

खेलकुद क्षेत्रको बिकास गर्ने उद्देश्यसाथ केहिदिन अघि नगर खेलकुद समिति गठन गरेको इनरुवा नगरपालिकाले आजबाट समितिको कार्यालय भवन समेत संचालनमा ल्याएको छ ।

भेट्रान दौडमा हरिप्रसाद शर्मा प्रथम

खैरहनी नगरपालिकामा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले खिचरा महोत्सवमा आयोजना गरेको भेट्रान दौडमा खैरहनी ५ का ४३ वर्षीय हरिप्रसाद शर्मा प्रथम भएका छन् ।



सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top