Madhesh Pradesh Online
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
प्रबिधी

नेपालमा बिहानै भूकम्पको धक्का : इण्डोनेशियामा ज्वालामुखी र सुनामी, ४३ को मृत्यु



प्रबिधी   55 पटक पढिएको   मधेश प्रदेश अनलाइन     
काठमाडौ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ ।

नेपालमा बिहानै भूकम्पको धक्का : इण्डोनेशियामा ज्वालामुखी र सुनामी, ४३ को मृत्यु


आइतबार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको हो । उपत्यकामा पनि महशुस गरिएको धक्का २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो ।

उता इण्डोनेशियाको सुण्डा स्ट्राट (खाडी) आसपासको तटीय इलाकाा सुनामीका कारण कम्तिमा पनि ४३ जनाको मृत्यु भएको बीबीसीमा समाचार छ । इण्डोनेशियाको विपद प्रवन्ध एजेन्सीका अनुसार दर्जनौं भवनमा क्षति पुगेको छ भने १६५ जना घाइते भएका छन्। क्रेकाटोआ ज्वालामुखी विष्फोटपछि समुन्द्र भित्र भएको भूस्खलनका कारण सुनामी आएको अनुमान लगाएको छ।
के हो सुनामी ?

समुन्द्र भित्र अचानक तीव्र गतिमा हलचल भएपनि त्यसबाट ठूलो लहर उड्छ। यो लहर निकै लामो र अग्लो हुन्छ, जुन तीव्र गतिमा आगाडि बढ्छ। यही लहरलाई नै सुनामी भनिन्छ। सुनामी जापानी शब्द हो, जुन सु र नामी मिलेर बनेको हो। सु को अर्थ समुन्द्र तट हो भने नामीको अर्थ लहर हो। सुरुमा सुनामीलाई समुन्द्रमा उठ्ने ज्वारका रुपमा पनि लिने गरिन्थ्यो। तर त्यस्तो होइन। समुन्द्रमा लहर चन्द्रमा, सूर्य र ग्रहको गुरुत्वाकर्षणको प्रभावबाट उठ्छ। तर सुनामीको लहर यी आम लहरभन्दा फरक हुन्छ।






सम्बन्धित शिर्षक समाचारहरु

नेपालमा बिहानै भूकम्पको धक्का : इण्डोनेशियामा ज्वालामुखी र सुनामी, ४३ को मृत्यु

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ ।

पश्चिममा ‘अति भारी वर्षा’को सम्भावना

आज राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले वताएका छन् ।

मानव विकासको ऐतिहासिक प्रवाहमा विवाहले अनेक रूप परिवर्तन

विवाह दुई विपरीत लिङ्गीहरू सम्मिलित मानव निर्मित सामाजिक संस्था हो, जहाँबाट समाज सुरु हुन्छ ।

उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गर्दा ५.६ म्याग्निच्यूडको भूकम्प: जापान र चीन रुष्ट

अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको समाचार छ।

रातारात एलडीओ भागेपछि सीडीओ कार्यकक्षको टेबुल तोडफोड

जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन् ।



सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top