साहित्यकार तेराख प्रतिष्ठान गठन
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
साहित्य

साहित्यकार तेराख प्रतिष्ठान गठन



साहित्य   147 पटक पढिएको   मधेश प्रदेश संवाददाता   २०७५ असोज ०९ मंगलवार  

मेचीनगर ९ निवासी साहित्यकार तेजराज खतिवडा ९तेराख०ले आफ्नै नाममा प्रतिष्ठान गठन गर्नुभएको छ ।
पाँच विधामा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले तेराखले रु १० लाखको अक्षयकोषसहितको प्रतिष्ठान गठन गर्नुभएको हो ।

सो अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष पुरस्कृत गरिने विधामा साहित्य, कृषि, पशुपालन, शिक्षा र विद्यार्थी रहनेछन् ।  तेराखले जिल्लाका साहित्यकारको भेला गरी आज बिहान प्रतिष्ठान सञ्चालनका लागि शिवकुमार पौडेलको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समितिसमेत गठन गर्नुभएको छ ।

तदर्थ समितिका उपाध्यक्षमा दुर्गा भुर्तेल, सचिवमा विनोद खनाल, सहसचिवमा परशुराम तिम्सिना र कोषाध्यक्षमा लेखनाथ खतिवडा रहनुभएको छ ।

समितिले प्रतिष्ठानको विधान दर्ता गराई ६ महिनाभित्र साधरणसभा गरी नयाँ समितिको निर्वाचन गर्ने संयोजक पौडेलले बताउनुभयो । झापामा यसअघि थुप्रै साहित्यकारले निजी प्रतिष्ठान गठन गरेर विभिन्न विधाका व्यक्तिलाई पुरस्कृत गर्दै आउनुभएको छ ।





सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top