दुर्घटना न्यूनीकरणका लागि मिर्चैया ट्राफिक प्रहरी पोष्टले सडकमै चालकको आँखा परीक्षण
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
दुर्घटना / सुरक्षा

दुर्घटना न्यूनीकरणका लागि मिर्चैया ट्राफिक प्रहरी पोष्टले सडकमै चालकको आँखा परीक्षण



दुर्घटना / सुरक्षा   44 पटक पढिएको   गणेश कुमार शर्मा     

सिरहा माघ २५ गते । दुर्घटना न्यूनीकरणका लागि मिर्चैया ट्राफिक प्रहरी पोष्टले सडकमै चालकको आँखा परीक्षण गरेको छ ।
केही समययता विभिन्न रचनात्मक काम गर्दै आएको कार्यालयले चालकको लापरवाहीका कारण हुने दुर्घटना रोक्न सडकमै सवारी रोकेर आँखा परीक्षण गरेको हो । जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ५मा रहेको मिर्चैया ट्राफिक प्रहरी पोष्टले पूर्व पश्चिम लोक मार्गमा प्राथमिक स्वास्थ्थ केन्द्रको मेकानिकल टिमले चालकको आँखा परीक्षण गरेका थिए । परीक्षणका क्रममा थुप्रै चालकको आँखामा समस्या देखिएपछि औषधि उलपब्ध गराएको र थप उपचारका लागि अस्पताल जान सुझाएको मिर्चैया ट्राफिक प्रहरी पोष्टका प्रहरी नायब निरिक्षक बिकु नारायण काशिछवाले बताए । बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि मिर्चैया ट्राफिक प्रहरी पोष्टले आफ्नो मातहतका क्षेत्रमा सवारी जाँचसँगै चालकको स्वास्थ्य परीक्षण गरेको हो । प्रहरी नायब निरिक्षक बिकु नारायण काशिछवाले चालकले आफ्नो स्वास्थ्यतर्फ ध्यान नदिने गरेको र बिहानदेखि रातीसम्म सवारी चलाउँदा दुर्घटना हुने सम्भावना भएकाले अभियान सुरु गरेको बताए । आँखा परीक्षणँंगै ट्राफिक प्रहरीले सवारीको अवस्थाको बारेमा समेत जाँच गरेको थियो । उक्त क्रममा जम्मा ६५ जना चालकको आाँखा जाँच गरिरएको मिर्चैया ट्राफिक प्रहरी पोष्टका प्रहरी नायब निरिक्षक बिकु नारायण काशिछवाले बताए । जसमा ६ जनामा प्रेसर हाई भएको, ४ जनामा ब्लाइन्डनेस भएको पाईएको उनले बताए ।





सम्बन्धित शिर्षक समाचारहरु
बिधुत पोलमा मोटरसाईकल ठक्करले दुर्घटना, सवारी चालकको निधन
रौहतटको जिम्मेवारी (एसपी) भुपेन्द्र खत्रीलाई
दुर्घटना न्यूनीकरणका लागि मिर्चैया ट्राफिक प्रहरी पोष्टले सडकमै चालकको आँखा परीक्षण
ब्राउन सुगर सहित एक भारतिय नागरिक पक्राउ
अपराध नियन्त्रणमा प्रदेश २ को शून्य सहनशीलता
डिआईजीको निशानामा तराईका हतियारधारी समूह
अपराधीविरुद्ध प्रहरी निर्ममतापूर्वक प्रस्तुत हुन्छः डीआइजी अधिकारी
रौतहटमा एक जना महिलाको मृत्यु
नवलपुरमा ठुलो परिमाणमा लागू औषध सहित ४ जना पक्राउ
‘प्रहरी हुँ’ भन्दै मेनपावर एजेन्टसँग रकम असुल गर्ने प्रहरीको फन्दामा



सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top