Logo

अनियमितता गर्नेहरु सचेत हुनुस् : मुख्यमन्त्री राउत



जनकपुरधाम, असोज ४ गते । प्रदेश नं-२ मुख्यमन्त्री लालबाबु राउतको सरकार प्रदेशमा सुशासन कायम गर्न स्थायी सत्ता इमान्दार हुनु आवश्यक रहेको बताएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमुल्यांकन सम्बन्धि समिक्षा एवं अनुशिक्षण कार्यक्रमलाई समुदघाटन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

कर्मचारी तन्त्रको सहयोग विना अनियमितता हुनै नसक्ने बताउँदै मुख्यमन्त्री राउतले जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मा समेत स्थायी सत्ता अर्थात कर्मचारीहरुकै रहेको उल्लेख गरे । सुशासन कायम गर्ने पहिलो खुडकिलो स्वमूल्यांकन रहेको उल्लेख गर्दै उनले स्वमुल्यांकन लाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन समेत दिए ।

प्रदेशका अधिकांश स्थानीय तहले स्वमूल्यांकन नतिजा प्रकाशन गर्न नसकेको तर्फ इकित गर्दै मुख्यमन्त्री राउतले भने‘ हामी आफनो मुल्यांकन समेत हामीले गर्न सकि रहेको छैन, कसरी सुशासन सम्भव हुन्छ ।

जनप्रतिनिधिहरु एउटा निश्चित अवधी मात्र रहने तर कर्मचारीहरु लामो समय रहने भएकाले सुशासन कायम गराउने ठुलो दायित्व कर्मचारीहरुकै काँधमा रहेको बताए ।

प्रदेशमा भ्रष्टाचार अन्तको लागी जनलोकपाल आयोग गठन भै सकेको जानकारी गराउदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने अधिकारी आयोगको रहेको हुँदा सचेत रहन आग्रह गरे ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली , संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाल सहितको उपस्थिति रहेको थियो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...