Logo

अल्का अस्पतालमा दुई आइभिएफ विज्ञद्धारा सेवा सुरु



ललितपुर, ८ पुस । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिद्धारा संचालित अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टरमा २ जना विशेषज्ञहरुले सेवा सुरु गरेका छन् । आइभिएफ विशेषज्ञद्धय डाक्टर स्वेता सिंह र डाक्टर नेहा हुमागाइँले अल्कामा सेवा शुरु गरेका हुन।

उनीहरु दुबै जना आइभिएफसम्बन्धि विशेषज्ञ हुन् । केयु बाट एमबीबीएस र एमडी गरेकी गुमागाइँ चेन्नइबाट आइभिएफ र ल्याव्रोस्कोपीमा फेलोसिप गरेकी डाक्टर हुन् । उनीसँग राजधानीका विभिन्न अस्पतालहरुसँग काम गरेको अनुभव छ। केयुबाट एमबीबीएस र एमडी गरेकी डाक्टर सिंहले दिल्लीबाट इनफर्टिलिटीमा फेलोसिप गरेकी छिन् । उनीहरु दुबैले वर्षे फेलोसिप गरेर नेपाल मेडिकल काउन्सिलमा इनफर्टि विशेषज्ञको रुपमा नाम दर्ता गराएका छन् ।

अल्का अस्पतालले अहिले स्तरउन्नतिसँगै अल्का आइभिएफ सेवा सुरु गरेको छ। सुलभ दरमा अल्का अस्पतालले अन्र्तराष्ट्रिय स्तरको सेवा दिइरहेको छ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...