Logo

आज मधेशका जिल्लाहरुमा सिके राउतको सिटी जुलुस



जनकपुरधाम, कार्तिक ८ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले आज मधेशका जिल्लाहरुमा सिटी जुलुस प्रदर्शन गर्दैछन् ।

पक्राउ परेका कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीहरुलाई कारबाहीको माग गर्दै जनमत पार्टीले पूर्व निर्धारित कार्यक्रम अनुसार आज दिउँसो मधेशका जिल्लाका सदरमुकामहरुमा सिटी जुलुस प्रदर्शन गर्न लागेको हो ।

जनमत पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठक आज सोमबारदेखि कात्तिक १६ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।

जनमत पार्टीले जारी गरेको विज्ञप्तीमा राउतले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज जिल्ला सदरमुकामहरूमा सिटी जुलुस, ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस, १० गते वडातहमा कोणसभा र मसाल जुलुस, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने रहेको छ ।

यस्तै १६ गते वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरुको गरेर माग जनतासमक्ष जानकारीहरु गराउने तथा सर्वपक्षीय जनआन्दोलनको तय समेत गरिने जनमत पार्टीले जनाएको छ ।

जनमत पार्टीले आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ तथा भ्रष्टाचारीहरुमाथि कारबाहीको माग गरेका छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...