Logo

ईलेक्ट्रोनिक प्लाजा र शिवशक्ति ईम्पोरियम लगायत दर्जनौं व्यापारीको आँडमा स्थानिय तहको ब्रहमलुट



रौतहट, १७ असोज ।  रौतहटको सदरमुकाम गौर स्थित रहेको केहि व्यापारीक प्रतिष्ठानको आडमा यहाँका स्थानिय तहहरुले करोडौं रुपैया भ्रष्टाचार गरेको तथ्य खुल्न आएको छ । कोरोना महामारीका बेला रौतहटका स्थानीय तहले करोडौको खरिद गरेपनि महालेखाले सो सामान फेला पार्न सकेको छैन ।

जिल्लाका स्थानीय तहले ति व्यापारीहरु बाट करोडौको समान खरिद गरेपनि महालेखाको प्रतिवेदन अनुसार ती समानहरु कहाँ छन् भन्ने देखाउन सकेका छैनन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीकै आडमा स्थानीयहरुले अनियमितता गरेको समेत प्रतिवेदनबाट प्रष्ट देखा परेको छ । रौतहटका स्थानीय तहहरुले कोरोना संक्रमितका लागि संचालन गरेका कोरेण्टाईन र आइसोलेसन वार्डहरुको लागि खरिद गरिएको सामाग्रीहरु बारेमा पनि स्थानीय तहहरु केही बोल्ल सकेका छैनन् । करोडौ रुपैयाँबाट खरिद गरिएका सामाग्रीहरु जिन्सी दाखिला तथा कुन प्रायोजनमा खर्च गरिएको छ, भने त्यस्तो कुनै किसिमको कागजातहरु समेत नभेटिएको महालेखाको प्रतिवेदनले देखाएको छ ।

कोभिड १९ को बेला रौतहटका स्थानीय तहहरुको नगर प्रमुख, लेखा प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र स्टोर प्रमुखको संग्लनतामा गौरमा रहेका केही सप्लायर्सहरुबाट अधिकांश समानहरु खरिद गरीएको थियो । स्थानीय तहहरुले करोडौ रुपैयाँको सामग्री खरिद गरेपनि तीमध्ये अधिकांश सामग्री सप्लाई बिनानै बिल भुक्तानी गरिएको छ । रौतहट जिल्लाका अधिकांश स्थानीय तहमा समान सप्लाई गर्ने गौरमा रहेको सन्तोष केशरी नामका व्यपारीको एलजी प्लाजा र महेश अग्रवाल र राजु अग्रवालको स्वामित्वमा रहेको न्यु शिव शक्ति ईम्पोरियम, चुकी ईन्टरप्राईजेज, केशरी सप्लायर्स, सागर जनरल सप्लायर्स, जय माँ मनोकामना सप्लायर्स, माँ मनोकामना टे«ड एण्ड सप्लायर्स, जय माँ लक्ष्मी टेडर्स एण्ड जेनरल सपलायर्स, उमंग टेडर्स, पशुपति टेडर्स, सिक्युरिटी वल्र्ड, आकाश सिड्स लगायतका व्यापारीक प्रतिष्ठानहरु बाट स्थानीय तहहरुले करोडौको सामान खरिद गरेका थिए ।

समान खरिद गरेको भुक्तानी बिल पेश गरेपनि समान देखाउन सकेका छैनन् भने कतिपय स्थानका स्थानिय तहका पदाधिकारीहरु संगको मिलोमतोमा व्यापारीहरुले दोहोरो भुक्तानी समेत लिएको प्रतिवेदनले देखाएको छ । महालेखाको प्रतिवेदनका अनुसार रौतहटका अधिकांश स्थानीय तहमा सामग्री खरिद गरिएको बिल पसलको नाममा नै रहेको भएपनि सप्लाई गरेको समान स्थानीय तहमा देखिएको छैन् । यी व्यापारीक प्रतिष्ठानहरु संगको साँठगाँठमा अनियमितता गर्ने स्थानिय तहहरुमा यमुनामाई गाउँपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका, राजपुर नगरपालिका, बौद्धिमाई नगरपालिका, दुर्गा भगवति गाउँपालिका, गरुडा नगरपालिका लगायतका स्थानिय तहहरु अग्र स्थानमा परेका छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...