Logo

एमालेका मन्त्रीहरुको राजीनामा स्विकृत, मन्त्रालयको जिम्मेवारी आफैसँग राखे प्रधानमन्त्रीले



काठमाडौं, १६ फागुन । नेकपा एमालेका मन्त्रीहरुको राजीनामा स्विकृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुको राजीनामा आज स्विकृत गरेका हुन्।

उनीहरुले सोमबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा दिएका हुन्।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, कृषि तथा पशुपंक्षी मन्त्री ज्वाला कुमारी साह र भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राई, स्वास्थ्य मन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको राजीनामा स्विकृत भएको र उनीहरुले सम्हालिरहेको जिम्मेवारी प्रधानमन्त्री दाहाल आफैले सम्हालेका छन्।

सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

 

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...