Logo

कक्षा १२ को नतिजा माघको पहिलो साता सार्वजनिक गर्ने तयारी



काठमाडौं, पुस २९ गते । कक्षा १२ को नतिजा माघको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माघको पहिलो साताभित्र नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको जनाएको हो ।

विद्यार्थीको नम्बर इन्ट्री गर्ने काम सकिएको र रुजुको काम भइरहेकाले जतिसक्दो चाँडै नतिजा सार्वजनिक गर्ने तयारी भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
उनका अनुसार विद्यालयले भनेको जस्तो काम नगर्दा नतिजा सार्वजनिक गर्न ढिला भएको हो ।

गत ९ देखि १६ मंसिरसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी सहभागी भएका थिए । १२ को नतिजा सार्वजनिक नहुँदा स्नातक तहको भर्ना प्रक्रिया रोकिएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...