Logo

कोरोनाको कहर बजार र व्यवसायमा



वागमती, २५ साउन : कोरोनाबाट सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मकवानपुरको हेटौडा बजारमा चहलपहल कम भएको छ । साथै बजार सुनसान छ । यसले व्यापारिक कारोवार समेतमा असर परेको छ । व्यापारिक फर्म, खुद्रा र थोक पसल तथा सहकारी संस्था सञ्चालन भएपनि कारोवार अत्यन्त कम रहेको गुनासो छ । हेटौँडाका व्यवसायी गजेन्द्र चौलागाईंले कोरोनाको त्रास र व्यावसायिक कारोवारको कमीले व्यवसाय चौपट भएको भने । आवश्यक काम नपरेसम्म कोरोनाको त्रासले सर्वसाधारण घरबाहिर जान छोडेका छन् । बजारमा उपभोक्ता तथा स्थानीय सर्वसाधारण सरकारले तोकेको मापदण्डअनुसार मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजर प्रयोगमा जोड दिएको पाइएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...