Logo

क्रिकेट खेलाडीलाई कारवाही गरिएकोमा प्रचण्ड असन्तुष्ट, प्रधानमन्त्रीलाई गराए ध्यानाकर्षण



काठमाडौं, पुस २ गते । नेपाली क्रिकेट बोर्डले कप्तान सहित चारजना खेलाडीलाई गरिएको कारवाहीमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असन्तुष्टि जनाएका छन् । उनले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीबारे ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

मल्ले भने, ‘प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भयो भन्दै ध्यानाकर्षण गराउनु भएको छ ।’

प्रधानमन्त्री देउवाले जवाफमा यो कारवाहीबारे आफूले बुझ्ने बताएका थिए ।

क्यानले गत मंसिर २९ गते राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...