Logo

गौरको श्रीराम मन्दिरमा प्राण प्रतिष्ठान हुदा पूर्व मेयर गुप्ता हर्षित, आफूले शिलान्यास देखि निर्माण कार्य सम्पन्न गरे ।



रौतहट, ०७ माघ । रौतहट जिल्लाको गौर नगरपालिकाका पूर्व मेयर एवं नेकपा एमालेका नेता अजय कुमार गुप्ताले गौर नगरपालिका वडा नं ५ मा नवनिर्मित श्रीराम मन्दिरमा हुन गईरहेको भगवान श्रीराम जानकीको प्राण प्रतिष्ठाको लागि निकै हर्षित भएका छन ।

प्रथम स्थानीय तहको निर्वाचन २०७४ सालमा सम्पन भएको निर्वाचनमा निर्वाचित भएपछि धेरै बर्ष पुरानो जीर्ण अवस्थामा रहेको श्रीराम मन्दिरको पुनर्निर्माणको लागि आफुले गरेको योगदान सफल भएको देखेर ख़ुशी लागेको बताए ।

छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेश राज्य अन्तर्गत आयोध्यामा नवनिर्मित मन्दिरमा प्रभु श्रीराम तथा गौर नपामा निर्माण भएको श्रीराम मन्दिरमा एकै दिन भगवानको प्राण प्रतिष्ठा हुने भएको देखेर आफू ठूलो भाग्यमानी र गौरवान्वित महसूस गरिरहेको पूर्व मेयर गुप्ताले बताए ।

पूर्व मेयर गुप्ताले भने २०७६ साल जेष्ठ महीनामा शिलान्याश गरेको मन्दिर निर्माण भई भगवान श्रीराम सहित जानकी, हनुमान जीको स्थापना हुन लागेकोले धेरै नै ख़ुशी लागेको छ ।
मन्दिर निर्माणको लागि तत्कालीन प्रदेश सरकारका सभामुख वर्तमान मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा श्री मदभागवत सप्ताह महाज्ञान यज्ञ आयोजना गरिएको बताउँदै पूर्व मेयर गुप्ताले नगरपालिकाबाट २०७६ देखि २०७८ सम्मको आर्थिक बर्षमा ४० लाख रकम दिइएको जानकारी गराए ।

नेपाल सरकारबाट पाउने सेवासुविधा आफुले महिनाको ३४ हजार ५ सयको दरले बुझिने गरेको थिए त्यसमध्ये आफ्नो ३ महिनाको सेवासुविधा १ लाख १३ हजार ५ सय रुपैया श्रीराम मन्दिर निर्माणका लागि सहयोग गरेकोले मन्दिर निर्माणको २०७९ सालमै पूर्णरूपमा काम सम्पन्न भएपनि हिन्दू धर्मशास्त्र अनुसार समय मिल्न नसकेर भोलि प्रभु श्रीरामको प्राण प्रतिष्ठान हुन गइरहेको देखेर आफ्नो मेयर पदीय क्रममा पुर्‍याउन सकेको योगदान फलदायी साबित भएको उनले उल्लेख गरे ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...