
रौतहट ३ माघ – हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले नेपाल छिटै हिन्दु राष्ट्र घोषणा हुने बताउनु भएको छ !
रौतहटको गौरमा नगर समिति द्वारा आयोजना गरिएको जनजागरण सभामा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै अध्यक्ष पेटलले विश्व भरिका हिन्दुहरुले नेपाल हिन्दु राष्ट्र हुनु पर्ने भन्दै चाहना राखेको ले आगामी चैत्र मसान्त भित्रमा नेपाल हिन्दु राष्ट्र देश घोषणा हुने ठोकुवा गरे ! विश्वमा एक मात्र हिन्दु राष्ट्रको पहिचानको रुपमा रहेका नेपाललाइ केहि नेताहरुले विना एजेन्डाको धर्म निरपेक्ष घोषणा गरेको भन्दै पटेलले युरोपियन मुलुकको डलरको इशारामा नेपाललाइ धर्मनिरपेक्ष बनाईएको आरोप लगाए !
उहाले भने नेपाललाई धर्म निरपेक्ष घोषणा गर्नु पर्ने कहिले आन्दोलन भएको थियो , विना आन्दोलनको ८५ प्रतिशत हिन्दुको बसोबास रहेको नेपाललाइ बल्जवार्दस्ती धर्म निरपेक्ष बनाईएको हो ! नेपाल लाइ संघीय लोकतान्त्रिक गणतन्त्र हुनु पर्ने भनि आन्दोलन भएपनि धर्मनिरपेक्ष बनाउनु पर्ने आन्दोलन कहिले पनि नभएको जिकिर गरे ! सनातन धर्मको रक्षाको लागि काम गर्ने हिन्दुवादीहरुको अवस्था बलियो भएकोले फाल्गुन १ गते धेखी देशमा ठुलो विद्रोह हुने उदघोष समेत गरे ! नेपालको इतिहास केहि मुट्ठी भर नेताले डलरको भरमा समाप्त पर्ने खोजिएकोले धर्मको रक्षाको लागि एकजुट भएर संघर्षमा आउनु पर्ने आग्रह गरे !
नेपाल लाइ इशयिकरण गर्ने उदेश्यले हिन्दु धर्म माथि प्रहार भैरहेको बताउदै धर्म परिवर्तन गराउने गिरोह परिचालन गरिएकोले सचेत भएर बस्नु पर्ने समेत अपिल गरे ! हिन्दुहरु छनिक स्वार्थमा परेर आफ्नो सनातन धर्म छोड्ने गरेकोले यस्तो कार्य नगर्न समेत सुझाव दिदै अध्यक्ष पटेलले आफ्नो धर्मको रक्षाको लागि एकजुट हुनुको विकल्प नरहेको बताएको छ !
नगर अध्यक्ष विनोध उपाध्यायको सभापतित्वमा सम्पन्न भएको जागरण सभामा हिन्दु परिषद नेपालका केन्द्रिय पदाधिकारी , जिल्ला संयोजक भाइ ओमप्रकाश मधेशिया ,जिल्ला प्रवक्ता अभिमन्यु पटेल लगायतका बक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए !