Logo

जंगली हात्तीले एकाबिहानै लियो पतिपत्नीको ज्यान



कञ्चनपुर, कार्तिक ३ गते । कञ्चनपुरमा बुधबार बिहानै जंगली हात्तीको आक्रमणबाट पतिपत्नीको ज्यान ज्यान गएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरका ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ५३ वर्षीया मधुरा कार्कीको जंगली हात्तीको आक्रणबाट मृत्यु भएको हो ।

जंगली हात्ती गाउँ पसेर आक्रमण गर्दा दम्पतिको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...