Logo

जनकपुरकी एक महिलाले एकै पटकमा जन्माइन् तीन छोरा, सबैको तौल २ किलोग्राम



जनकपुरधाम, चैत ३० गते । जनकपुरकी एक महिलाले एकैपटक तीन शिशु जन्मदिएकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका २५ वभनगामाकीका लक्ष्मण मुखियाकी श्रीमती २५ वर्षीया सरिता देवी मुखियाले अाइतबार शल्यक्रिया मार्फत तीन शिशुलाई जन्मदिएकी हुन् ।

शुक्रबार बिहान व्यथा लागेपछि सरिता जनकपुर स्थित धनुषा अस्पतालमा भर्ना भएकी थिइन् । अाइतबार बिहान स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सजन शर्मा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरि तीन शिशुलाई निकालेका थिए ।

तीनैजना शिशु छोरा छन् । दुई शिशुको तौल २-२ किलोग्राम र एक शिशुको तौल २ किलो २ सयग्राम रहेको अस्पतालका इन्चार्ज प्रमोद पण्डितले जानकारी दिए । उनका अनुसार अामा लगायत शिशुहरुको स्वास्थ्य अवस्था समान्य छ ।

सरिताको दुइछोराछोरी छँदैछन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...