Logo

जनकपुरधामका पूर्व मेयर राजदेव मिश्रको निधन



जनकपुरधाम, कार्तिक १५ गते । जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर राजदेव मिश्रको निधन भएको छ ।

सोमबार बिहान साढे ३ बजे मिश्रको ८५ वर्षको उमेरमा आफ्नै निवास जनकपुरधाम उपमहानगरपालिका ४ आनन्दनगरमा निधन भएको पत्रकार समेत रहेका उनका छोरा घनश्याम मिश्रले जानकारी दिए ।

तीन महिना अघि उनलाई हृदयघात भएको थियो । उनको पार्थिव शरीरलाई आजै जनकपुर स्थित अस्मसानघाटमा दिउँसो अन्येष्टि गरिने कार्यक्रम रहेको छ ।

राजा ज्ञानेन्द्रको पालमा तत्कालीन जनकपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका मिश्र पञ्चायतकालमामा प्रधानपञ्च समेत बनेका तिए । उनले झण्डै ६ महिना मेयरको कार्यभार सम्हालेका थिए । मिश्रका ४ छोरा र तीन छोरी छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...