Logo

जलेश्वर उद्योग वाणिज्य संघमा सिंह प्यानल विजय



महोत्तरी, माघ ५ गते । जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा लव राजा सिंह भारी मतान्तरले विजयी भएका छन । उनको प्रतिद्वन्दी दिपु कुमार साहले २०५ मत ल्याएकोमा सो को विरुद्ध ८८५ मत ल्याउदै ६८० मतको मतान्तरले उनी विजयी भएका हुन । जलेश्वर उद्योग वाणिज्य संघ निर्वाचन आयोगले सोमवार विहान मत परिणाम घोषणा गर्दै सिंह विजय भएको घोषणा गरेको छ । यता निर्वाचनमा एकजना सदस्य वाहेक सिंहको प्यानल नै विजय भएकोमा जलेश्वरमा आजै विजय जुलुस निकाल्ने तयारी समेत भैरहेको वताइएको छ ।

यता उपाध्यक्षमै समेत कडा टक्कर हुदै सिंहकै प्यानलबाट उम्मेदवार रहेका विनोद कुमार साह समेत निर्वाचित भएका छन । उनका प्रतिद्वन्दी अजित कुमार चौधरीले ४६९ मत ल्याएकोमा उनले ५९० मत ल्याउदै १२१ मतान्तरले विजयी भएका हुन ।

त्यसतै महासचिवमा शिवचन्द्र चौधरीले ६६३ मत ल्याउदै विजय हात पारेका छन । उनका प्रतिद्वन्दी राज कुमार पुर्वेले ४१७ मत ल्याएका छन । कोषाध्यक्षमा सिंहकै प्यानलका छेदी चौधरीले ६८१ मत ल्याएका छन भने उनका प्रतिद्वन्दी सरोज कुमार ठाकुरले ३५४ मत मात्र प्राप्त गर्न सके । चौधरी कोषाध्यक्षमा ३२७ मतको मतान्तरले विजयी भएका हुन ।

यता सचिवमा रंजित कुमार चौधरी निर्वाचित भएका छन । सचिवमा कडा टक्कर भएकोमा उनी जम्मा २५ मतको मतान्तरले विजयी भएका छन । उनको प्रतिद्वन्दी भोला मेहतरी सुडीले ५१५ मत ल्याएकोमा रंजित कुमार चौधरीले ५४० मत ल्याएका हुन ।

त्यसतै महिला सदस्यमा सिंहकै प्यानलबाट उम्मेदवारी दिएकि विणा कुमारी साह विजयी भएकि छिन । उनलाई अन्य प्यानलबाट उम्मेदवारी दिएकि कमला देवी कोईरालाले कडा टक्कर दिएकि थिईन । विणा कुमारी साहले ४५३ मत ल्याएकि थिईन भने कमला देवी कोईरालाले ४३२ मत ल्याईन ।

अन्य सदस्यहरुमा चन्दन कुमार साह(शिवजी लज)ले ५५० मत ल्याउदै सवैभन्दा वढी मत ल्याउने सदस्य भएका छन भने ५२८ मत ल्याउदै सरोज कुमार चौधरी वढी मत ल्याउने दोस्रो सदस्य रहेका छन । त्यसतै विजय कुमार साह ५२४ मत ल्याउदै तेस्रो क्रममा र चन्दन कुमार साह(चन्दन ज्वेलर्स)४९८ मत ल्याई चौथो क्रममा सदस्यमा विजयी भएका हुन । यता ४९६ मत ल्याई पाचौ क्रममा शुभाष बिच्छा, ४९४ मत ल्याई छैठौ क्रममा आदित्य साह(पप्पु), ४९० मत ल्याई सातौ क्रममा राकेश कुमार साह, ४६५ मत ल्याई आठौ क्रममा नारायण कुमार गुप्ता र ४६४ मत ल्याई नवौ क्रममा प्रदिप कुमार चौधरी सदस्यमा विजयी भएका छन ।

नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई आजै प्रमाणपत्र वितरण गर्ने वारे छलफल भैरहेको जलेश्वर उद्योग वाणिज्य संघ निर्वाचन आयोगका सुरेश लाल कर्णले वताएका छन ।

यता सपथ ग्रहण कार्यक्रम भने अहिले तय भैसकेको छैन । जलेश्वर उद्योग वाणिज्य संघमा जम्मा मतदाता एक हजार २३१ रहेकोमा सो मध्ये एक हजार १२५ ले मतदान गरेका थिए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...