Logo

टाइगर श्राफ –१ डिग्री तापक्रममा शर्टलेस दौडेपछि दिशा पटानीले दिइन् यस्तो प्रतिक्रिया



एजेन्सी, २८ मंसिर । बलिउडका चर्चित अभिनेता टाइगर श्राफ अहिले बेलायतमा आफ्नो आगामी फिल्म ‘गणपत’ को सुटिङमा व्यस्त छन् । हालै टाइगरले त्यहाँबाट एउटा भिडियो सामाजिक सञ्जालमा फ्यानसँग सेयर गरेका छन् ।

अभिनेताले भिडियोको क्याप्शनमा लेखेका छन्, ‘मेरो दिन –१ डिग्रीमा सुरु गर्नको लागि सानो प्रकृति क्रायोथेरापी।’ यो भिडियो हेरेर फ्यानसहित धेरै सेलिब्रेटीहरूले उनको साहसको तारिफ गरिरहेका छन्। दिशा पटानीले यो भिडियोमा कमेन्ट गर्दै ‘एलओएल’ लेखेकी छिन् ।

यसअघि टाइगरले ‘गणपत’का निर्माता ज्याकी भगनानीसँगको हिउँ परेको बेलामा उनले आफ्ना केही तस्बिरहरू पनि शेयर गरेका थिए । यी तस्विरहरूमा ज्याकी स्वेटर र फुल प्यान्टमा देखिएका थिए । टाइगर शर्टलेस देखिएका थिए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...