Logo

टावर लाईटको काटिएको लाईन गौर नपाका मेयरले आफै उपस्थितिमा नयाँ मिटर जडान गराउदैं उज्यालो बनाए ।



रौतहट, ११ कार्तिक । मुख्यमन्त्री उज्यालो अभियान कार्यक्रम अन्तर्गत रौतहट जिल्लाको सदरमुकाम गौरको विपी चौकमा जडान गरिएको टावर लाईटको कटागरिएको विधुतलाई बिहीबार मिटर सहित जडान गरिएको छ ।

May be an image of 9 people, including ओमप्रकाश साह मधेशीया, Bikram Singh, Dharmendra Paswan and Rakesh Patel, people standing, outdoors and text that says 'HBO Shot on OnePlus By Abhimanu Patel Journalist'
स्थानीय सरकार गौर नगरपालिकासंग कुनै समन्वय नगरि जथाभावी रूपमा बिधुत जोडिए पछि अत्यधिक मात्रामा विधुत खपत गएको देखेर टावर लाईटको विधुत कनेकसन नेपाल विधुत प्राधिकरण वितरण केन्द्र गौरले काटे पछि झिलिमिली भएको विपि चौक अन्धयारोमा परिनत भएको थियो । जिल्लाकै पुरानो एवम स्थानीय सरकारको रूपमा रहेको गौर नगरपालिका भित्र पर्ने मुख्य चौकको रूपमा प्रख्यात स्थान विपीमा पुरै उज्यालो हुने ठाउँमा एक्कासी अन्धयारो भए पछि चौक तथा चौक वरपरका सर्वसाधारण जनता र व्यापारीहरूमा असुरक्षित महसुस गर्दै नगरपालिकालाई गुहारेका थिए ।

May be an image of one or more people
नगरका जनता एवम व्यापारीहरुको समस्यामाथि ध्यानदिदैं नगर प्रमुख अजय कुमार गुप्ताले बिहीबार टावर लाईट भएकै ठाउमा उपस्थित हुदैं आवश्यक प्रक्रिया पुरा गर्दै नयाँ विधुत मिटर सहित काटिएको लाईन जडान कार्य सम्पन्न गराउनु भएको हो ।

May be an image of 1 person, standing and outdoors
समाजिक संजालमा समेत टावर लाईटको लाईन जडान कार्यका लागि आग्रह भए पछि एका बिहानै देखि टावर लाईटको बिधुत जडान गराउने उदेश्यले लिई नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र कार्यालय गौरलाई सम्पर्क गरे पछि कार्यालयले २३ हजार ७ सय २३ रुपैया शुल्क बुझदैं थ्री फ्रेज मिटरको जडान गरेको हो। नयाँ मिटर जडानभए संगै पुन संचालनमा आएको टावर लाईटको प्रकाश पाए पछि गौरबासीहरु हर्षित भएका छन् ।

No description available.

May be an image of 5 people, people standing, road, tree and text that says 'HBO Shot on OnePlus By Abhimanu Patel Journalist'

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...