Logo

ट्याक्टर दुर्घटनामा महतो सहित ६ जनाको ज्यान गयो, ७ को अवस्था गभ्भीर



चितवन, चैत ३० गते । चितवनको राप्ती नगरपालिकामा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

चितनव जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार मृत्यु हुनेहरुमा राप्ती नगरपालिकाकै वडा नम्बर ५ का ३५ वर्षीय खड्क लामा, सोही नगरपालिकाकै वडा नम्बर ४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठकोचितवनकै खैरहनी नगरपालिका–९ का ४० वर्षीय गगन महतो, सोही नगरपालिकाकै वडा नम्बर ९ बैरहनीकी ५० वर्षकी छनिया महतो र नामथर वतन नखुलेका २४÷२५ वर्षका पुरुष रहेका छन् ।

दुर्घटनामा १९ जना घाइते भएका छन्, तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिए।

उनका अनुसार रौतहटको दिपहीका १९ वर्षीय अरुण राम, दिबहीकै २७ वर्षीय विजय राम, बाराको कचौराहा गाउँपालिका ८ का २७ वर्षीय रामआधार राम, चितवनको राप्ती नगरपालिका ४ बस्ने वर्ष ३० का नीरबहादुर श्रेष्ठ, मकवानपुरको राक्सिराङ गापा ७ का २४ वर्षीय रमन चेपाङ, बाराको कोल्हबी नपा–५ का ३२ वर्षीय प्रभुकुमार राम र नामथर र वतन खुल्न नसकेका २४र२५ वर्षका व्यक्तिको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार राप्ती नगरपालिका–११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

राप्ती नगरपालिकाकै ११ नम्बर वडा कार्यालय भवन ढलान गरेर ट्याक्टरमा भण्डारा फर्किंदै गरेका मजदुर दुर्घटनामा परेका हुन्।

ट्याक्टर सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्याक्टरमा २५ जना सवार रहेका थिए ।

घाइतेहरुको सरकारी अस्पताल, पुरानो सीएमएस र सीएमसीमा उपचार भइरहेको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...