Logo

थप २५७ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या ३१४६ पुग्यो



काठमाडौं १४ भदौ ।। थप २५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ३९२१ नमूना परीक्षण गर्दा २५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४५८ र एन्टिजेनबाट २४६३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १४३ र एन्टिजेनबाट ११४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २३२ जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३१४६ पुगेको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...