Logo

थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, ७६ जना संक्रमणमुक्त



नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परिक्षणका क्रममा ४२ जना र २ हजार १ सय एन्टीजेन परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...