Logo

थप ९ हजार २४७ जनामा कोरोना पुष्टि, २१४ जनाको मृत्यु, किन बढ्यो आज संक्रमण ?



जेठ ३ गते । पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।

सोमबार थप ५ हजार ७६७ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । त्यस्तै आज थप २१४ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा अहिले २७ लाख ९२ हजार ६७३ नमुनाको परीक्षण गर्दा ४ लाख ६४ हजार ३१८ जनामा कोरोना पुष्टि भएको छ ।

कुल संक्रमितमध्ये ३ लाख ४५ हजार ५२३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म ५ हजार २१५ जनाको संक्रमणबाट ज्यान गएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...