Logo

देवाही गोनाहीमा पाठ्यपुस्तक बिना नै विद्यार्थी परीक्षा दिदै तर लाखौंलाख रकम पुस्तक खरिदको लागि निकासा



रौतहट, ०८ माघ । देवाही गोनाही नगरपालिकाका सबै विद्यालयको विद्यार्थीहरूको हातमा यस शैक्षिकसत्रमा पाठ्यपुस्तक परेको छैन बिना पुस्तककै नै परीक्षामा सहभागी भएका छन् ।

यस नगरपालिकाको विद्यालयमा यहीँ माघ महिनाको पहिलो साताबाट अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेका छन् । “परीक्षा सञ्चालन त भयो तर विद्यार्थीले पुस्तक बिनै परीक्षा दिएका छन्” श्री जय किसान नमुना माविका विद्यार्थी बताए ।

नगरमा विद्यार्थी भर्ना अभियान सञ्चालन भएको १० महिना भइसकेको छ । “नगरपालिकाको शिक्षा संयोजक, सम्बन्धित जनप्रतिनिधि र कार्यालय प्रमुखले समयमा पर्याप्त मात्रामा पाठ्यपुस्तक पुर्‍याउन नसक्दा पुस्तकबिनै परीक्षा दिएका छौँ”–उनले थपे–“परीक्षा त सञ्चालन भयो तर हामीले किताबै पाएका छैनौँ । हरेक वर्ष विच्छयाँले किताव पाउँदैन अनि हाम्रो पढाइ कस्तो होला ? यो समस्या समयमै सरकारले बुझिदिनुपुर्यो हाम्रो भविष्य बिग्रिन लागिसकेको छ ।” तर यश बारेमा नगरपालिकामा कोही सुन्दै विधालयमा हामीले बोल्दा पनि कोही वस्ता गर्दैन”

देवाही ग‍ोनाही नपाको अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको १० महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको १० महिना भइसक्दा पनि नगरपालिकाको अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् । शिक्षा संय‍ोजक र प्रधानाध्यापकहरूको चरम लापरबाहीले समयमै पर्याप्त पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा श्री जय किसान नमुना माध्यमिक विधालय धरहरी सहित नगरभर पाठ्यपुस्तकको अभाव भएको छ ।

नगरका अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पुस्तक पाउन नसकेका बारे अध्ययनरत एक बिधार्थिले बताए । उनका अनुसार नगरको सामुदायिक विद्यालयहरुमा अहिले त्रैमासिक परीक्षा सञ्चालन भइरहे पनि समयमा पाठ्यपुस्तक नपाएर के लेख्ने के नलेख्ने भन्दै खाली पेपर परिक्षा कोठाबाट बुझाएर रित्तै हात घर हामी फर्किन बाध्य बनेका उनले बताए । पुस्तकको समय मात्र होइन, यहाँ धेरै बिषयको शिक्षक समेत रहेको छैन बिना शिक्षकको कति खाली घण्टी जान्छन् भने उनले बताए ।

विद्यार्थीहरु पाठ्यपुस्तक विना नै अध्ययन गरिरहेका सम्बद्ध विद्यालयका एक शिक्षकले बताए । कतिपय विद्यार्थीले पुरानो पुस्तक जुटाएर पढिरहेका छन् भने पुस्तक नपाएको बिधार्थीको जीवनसँग ठूलो खेलवाड समेत भएको छ ।

देवाही गोनाही नगरपालिकाका सामुदायिक विद्यालयमा अझै पनि करिब ७० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको छैन । करिब ३० प्रतिशत विद्यार्थीले किताब पाएको छ भने त्यसमा पनि पुरानो र केही बिषय कम पनि रहेको छ । असाेज/कार्तिक महिना लिनुपर्ने परीक्षा ४ महिना ढिला गरि अहिले अर्धवार्षिक परीक्षा सञ्चालन गराइ रहेका छन् । यसरी बिधार्थीकाे भविष्य सँग शिक्षा संयाेजक यादव खुलम खुला खेलवाड गरिरहेका छन् ।
दशाैं महिनामा आएर अर्धवार्षिक परीक्षा सञ्चालन गराइरहेका छन् । जबकि एक महिना पछि पुन: वार्षिक परीक्षा सञ्चालन गर्ने प्रावधान रहेकाे छ । शिक्षा शाखाका प्रमुख यादवले यसरी शिक्षामा लापरबाही गरेको देखिएकाे छ । बिधार्थीहरूकाे शिक्षाकाे गुणस्तर चेकजाँच गर्नलाई परिक्षा लिइन्छ । त्यही परीक्षा समयमा लिइएन भने त्यसकाे आैचित्य नै नरहेको जानकारहरू बताउँछन् ।

यस विषयमा जिल्ला शिक्षा समन्वय इकाइ राैतहटका प्रमुख रामविनय कुमार सिंह सँग बुझदा अर्धवार्षिक परीक्षा लिनुपर्ने समय आसिन/कार्तिक हाे । तर माघ महिनामा जाँच लिनु धेरै नै ढिलाे भयाे । समयमा नै गर्नुपर्ने हाे । विस्तृत नपाका शिक्षा संयाेजक सँग बुझन जवाफ दिए ।

यता यस विषयमा शिक्षा संयाेजक अरबिन्द यादव सँग बुझदा चिसाेका कारण परिक्षामा ढिलाइ भएको भन्दै जिम्मेवारी बाट पन्छिन खाेजे । सरकारले समयमा काम गर्न लाई नै तलब सुविधा समेत उपलब्ध गराउँछ । तर त्यही कर्मचारी समयमा काम न गरि दिदाँकाे दिनप्रतिदिन शैक्षिक स्तरमा गिरावट आईरहेकाे छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...