Logo

धनुषामा ११५ सहित प्रदेश २ मा ४४३ जना नयाँ संक्रमित थपिए



जनकपुरधाम, जेठ १ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । योसहित प्रदेश २ मा कूल संक्रमितको सङ्ख्या २६ हजार १ सय ९४ पुगेको छ भने शनिबार ८७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पीसीआर विधिबाट ३ सय ६३ जनाको परीक्षण गर्दा १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा २ सय २२ जना पीसीआर परीक्षण गर्दा १००, गौर अस्पताल रौतहटमा १ सय ५६ जनाको पीसीआर गर्दा ३३ र एन्टिजेन विधिबाट १६ जनाको परीक्षण गर्दा १५ जना, नारायणी अस्पतालमा २ सय ८८ जनाको परीक्षण गर्दा १ सय ३१ र अन्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

शनिबार संक्रमण पुष्टि हुनेमा धनुषामा १ सय १५, सप्तरीमा १ सय ४, पर्सामा ९९, रौतहटमा ४९, महोत्तरीमा ३२, बारामा २३, सर्लाहीमा १०, सिरहामा ७ जना छन् । त्यस्तै अन्य प्रदेशका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ६५ पुगेको डा. यादवले बताए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...