Logo

‘नाभाल्नी तत्काल रिहा हुँदैनन्’



मस्को — रुसले विपक्षी नेता नाभाल्नीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रह अस्वीकार गरेको छ । मस्कोले नाभाल्नीले विशाल विरोधका लागि गरेको आह्वान राष्ट्रको हितमा नभएको भन्दै उनलाई तत्काल रिहा गर्न नसकिने बताएकोहिरासतमा लिइनुअघि शेरेमेत्येवो विमानस्थलमा एलेक्सी नाभाल्नी तस्बिर : रोयटर्सरुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामीले आन्दोलनका लागि विपक्षी नेताले गरेका आह्वानहरूलाई सुनेका छौं । यसलाई बेवास्ता गर्न सक्दैनौं ।’करिब ५ महिना लामो उपचारपछि नाभाल्नी जर्मनीबाट आइतबार रुस फर्केका थिए । त्यसक्रममा उनलाई विमानस्थलबाट पक्राउ गरिएको थियो । उनको पक्राउपछि क्रेमलिनले दिएको यो पहिलो प्रतिक्रिया हो ।‘नाभाल्नीले आफूलाई स्वदेश फर्केको एक घण्टाभित्र पक्राउ गरिएको र अनुसन्धानका लागि ३० दिन प्रहरी नियन्त्रणमा राखिने जानकारी पाएपछि ‘गैरकानुनी रूपमा’ आन्दोलनका लागि आह्वान गरेकाले क्रेमलिनलाई धक्का पुगेको छ,’ पेस्कोभले भने ।क्रेमलिनले नाभाल्नी स्वदेश फर्किएपछि पक्राउ पर्ने चेतावनीका बाबजुद उनी स्वदेश फर्केका थिए । क्रेमलिनका कट्टर आलोचक नाभाल्नीले आफू निर्दोष रहेको र देशका लागि काम गरिरहेको दाबी गर्दै आफूलाई पक्राउ गर्ने भनी आएका समाचारबाट आफू स्वदेश फिर्ता हुन नडराएको बताउँदै आएका थिए ।गत अगस्टमा रुसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात् बिरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि जर्मनीको अनुरोधमा उनलाई थप उपचारका लागि जर्मनी लगिएको थियो । जर्मनीका चिकित्सकहरूका अनुसार नाभाल्नीलाई विष दिइएको हो ।फ्रान्स र स्विडेनका प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको हुन सक्ने देखिएको थियो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...