Logo

निखिलदेखि माग्नेबुढाले गरे २४ सै घण्टा निशुल्क कोभिड एम्बुलेन्स सेवा सुरु



काठमाडौं, २० बैशाख । नेपाल लगायत केही देशहरुमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । दैनिक हजारौ व्यक्तिहरु संक्रमित भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि नेपालमा ३३ सय २५ पुगेको छ । देशभर ४७७ जनाको आईसीयुमा उपचार भैरहेको छ भने १३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको तथ्यांक छ ।

सबै अस्पताल संक्रमितले भरिएका छन् । अस्पतालमा अक्सिजन सहितको एम्बुलेन्सको अभाव भएपछि नेपाली कलाकारहरु पनि सहयोगका लागि अघि बढेका छन् । कलाकारहरु निखिल उप्रेती, केदार घिमिरे र पाइलट विजय लामाले निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गरेका छन् । उनीहरुले निजी सवारी नहुने र एम्बुलेन्सको खर्च तिर्न नसक्नेले मात्र सम्पर्क गर्न आग्रह गरेका छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...