Logo

नेपालमा पछिल्लो २४ घण्टामा ७८९० जना संक्रमणमुक्त



रौतहट, ७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ८ सय ९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ ।

१७७ जनाको मृत्यु

नेपालमा थप १ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

थपिए ७६०७ संक्रमित

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २२ हजार ३५३ जनाको पीसीआर परीक्षणमा ८ हजार ४०७ र ८७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०० जना गरी कुल ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...