Logo

पत्रकार पटेलको पहलमा अति विपन्न ७ जना परिवारलाई अष्ट्रेलियाबाट राहत उपलब्ध ।



रौतहट, ६ असार । अति विपन्न ७ जना परिवारलाई अष्ट्रेलियाबाट खाद्यान्न सामग्री सहित राहत वितरण गरेको छ ।

May be an image of 1 person, child and standing
शनिबारको आकासमा चारैतिर बादल छाएको थियो टिपटिप पानी पर्दै गरेको अवस्थामा सदरमुकाम गौरबाट लगभग २० किलोमिटर सम्म ग्रामिण भेगमा असहाय पीडित परिवारलाई घर घरमा पुगी राहत वितरण समाजिक अभियान्तले ७ जनालाई गरेको हो ।

May be an image of 5 people, people standing, people sitting and outdoors

रौतहट जिल्लाको मौलापुर नगरपालिका वार्ड नं ७ का बिसुन्दयाल मुखिया बिन, राजपुर नपा वडा नं ६ मा बस्ने रोकशाना लहेरनी, एकल महिला तईबुन नेसार, एकल महिला सहिरा खातुन, परोहा नपा वडा नं ८ सुखिया देवी चमार, वडा नं ९ रामपुर टोलमा बस्ने दलित अपाङ्ग महिला र अर्को सोही वडामा बस्ने शारीरिक अवस्था धेरै कमजोर एवं धेरै रोगबाट ग्रसित जगत राउतलाई गरि आज ७ जना अति विपन्न, गरिब, मजदुर, असहाय, एक महिला अपाङ्ग लगायतलाई परिवारहरूको बारेमा समाजिक संजालमा केही दिन अगाडी रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष तथा मधेश मिडिया प्रा.लि.का अध्यक्ष जिल्लाकै युवा प्रख्यात पत्रकार समाजिक अभियान्ता अभिमनु कुमार पटेलले उहाँहरुको परिवार अवस्था बारेमा लकडाउनमा एक छाक खाना खान धौउधौउ भइरहेको पोष्ट गरेको थिए ।

May be an image of 6 people, including Md Tanbir Alam and Md Shakeel, people standing and outdoors
पीडितहरुको बारेमा जानकारी हुने बितिकै जिल्लाकै फतुवा बिजयपुर नपा वडा नं ८ निवासी हाल अष्ट्रेलियामा कार्यरत मुकेश कुमार यादवले आफनो व्यक्तिगत तर्फबाट आर्थिक सहयोगी उपलब्ध गराएका छन । सो रकमबाट कोभिड १९ को दोस्रो लहरको चपेटमा परि खानाको लागि धेरै समस्याको सामना गरी परिरहेको ७ जना अति विपन्न परिवारलाई चामल २५ केजी, आलु ५ केजी, प्याज ५ केजी, दाल २ केजी, सोयाबीन १ केजी, खानेतेल २ केजी, १ पाकेट नुन, नुहाउने साबुन ६ पिस र कपडा धुने साबुन ६ पिस राहत सामाग्री पत्रकार पटेलले घरमै लगेर पुर्याएका हुन ।

May be an image of 3 people, people standing and outdoors

निषेधाज्ञाकै समयमा रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया टोलमा जन्मिएको अभिमनु कुमार पटेलले पत्रकारीताको साथसाथै समाजिक अभियान्ताको रुपमा पनि स्थापीत बनेको छ । निषेधाज्ञाका कारण प्रभावित भएकाहरुको भोक मेटाउने अभियानको शुभारम्भ गरेको पटेलले विभिन्न दातृ निकायसँग आग्रह, अनुरोद गरी खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।

May be an image of 5 people, people standing and outdoors

पत्रकार पटेलले राहत स्वरुप खाद्यान्न सामाग्री वितरण तथा स्वास्थ्य सामाग्री समेत वितरण गरेको थियो । नियमित ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका परिवारको दैनीकी सहज बनाउन विभिन्न स्थानका २० परिवारलाई खाद्यान्न सामाग्री वितरण पटेलले गरेका हुन ।

May be an image of 3 people, including Md Tanbir Alam, people standing and outdoors

May be an image of 2 people, child, people standing and outdoors

May be an image of food

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...