Logo

पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो, अब ७ घण्टा पसल खोल्न पाइने



पर्सा, असार ६ गेत । पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने सिफारिस गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थपन समितिको बैठकले परिमार्जन सहित असार १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने सिफारिस गरेको हो ।

निषेधाज्ञामा भने मपदण्डको पालना गरी बिहान १० बजेदेखि अपराहन्न ५ सम्म पसल खोल्न पाइने छन् । अत्यावश्यक कामका लागि घर बाहिर निस्कदा वा सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ मिटरको दुरी कायम गर्ने निर्णय समेत समितिले गरेको छ ।

यस्तै भीडभाडजन्य कार्य नगर्ने, मापदण्डको पालना गरी सार्वजनिक, निजी कार्यालय÷निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गर्ने गराउने र सो को उपयुक्त व्यवस्था सम्बन्धित कार्यालय÷निकायको प्रमुखले मिलाउने निर्णयमा उल्लेख छ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्थाहरु, संग्रहालय, आदी सञ्चालन गर्न भने नपाइने प्रशासनले जनाएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...