Logo

प्रत्यक्ष जनतासँग सरोकार, जेष्ठ नागरिकलाई सम्मान



रौतहट, १३ पुस । रौतहट जिल्लाको गौर नगरपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने उदेश्यले नगर प्रमुख अजय कुमार गुप्ताले यस्तो अभियानको शुरुवात गरेको हो ।

May be an image of 6 people, people sitting, people standing and outdoors
सन्तानले आफ्नो बुवा आमालाइ बृद्ध अवस्थामा सम्मान गरोस भन्ने लक्ष्य लिएर अभियान शुरु गरेको नगर प्रमुख गुप्ताले बताएका छन् । गौर नगरपालिका वडा नम्बर ७ सिसवामा मंगलवार आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख गुप्ताले नगरपालिका भरिका जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यक्रम भएको बताए ।

May be an image of 7 people, people standing and outdoors
बृद्धा अवस्थामा रहेका अभिभावकलाइ अपमान नगरी सम्मान गर्नु पर्ने संदेश यो अभियानले दिने प्रस्ट पारे । करिव २ हजार भन्दा बढी संख्या रहेको जेष्ठ नागरिक महिला पुरुषलाइ कम्बल , होर्लिक्स , टर्च , दोसल्ला प्रदान गर्ने निर्धारण गरिएको उल्लेख गर्दै जेष्ठ नागरिकलाइ चिसोबाट जोगिनको लागि न्यानो कपडा दिने गरिएको बताए ।
वडा अध्यक्ष मजहर खाको अध्यक्षतामा भएको सो कार्यक्रममा १०६ जना जेष्ठ नागरिक महिला पूरुषलाइ उक्त सामग्री दिएर सम्मान गरिएको थियो ।

May be an image of 4 people, people standing and outdoors

सम्मान पाएका जेष्ठ नागरिकहरुले नगर प्रमुखको कार्य सरहानिय रहेको भन्दै खुशी व्यक्त गरेका छन् । नगर पालिकाबाट पाएको कम्बल र दोसल्लाबाट चिसो छल्न सहयोग पुग्ने उहाहरुको भनाइ रहेको छ ।स्थानीय पुर्व वडा अध्यक्ष शिवचन्द्र चौबे ले भने नगर प्रमुख गुप्ताले गरेको यो जेष्ठ नागरिक समान कार्य सराहनीय रहेको बताएका छन ।

May be an image of 5 people, people standing and outdoors

May be an image of 4 people, people sitting and outdoors

May be an image of 5 people, people standing, motorcycle and road

May be an image of 5 people, people standing and outdoors

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...