Logo

प्रदेश सभा सदस्यबाट मुक्त गरेको भन्दै अदालत पुगेका जसपाका ४ नेताको रिट फिर्ता



काठमाडौं, वैशाख १९ गते । जनता समाजवादी पार्टीले प्रदेश सभा सदस्य र पार्टीबाट कारवाही गरेको भन्दै अदालत पुगेका ४ जना नेताको रिट फिर्ता भएको छ।

पार्टीको निर्णय विपरित लुम्बिनी प्रदेश सरकारमा मन्त्री हुन पुगेका जसपाका सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय आइतबार रिट लिएर सर्वोच्च पुगेका थिए ।

उनीहरु विहीबार प्रदेश सभा सदस्यको जिम्मेवारीबाट समेत पदमुक्त भएका थिए । चारै जना जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका हुन् ।

सर्वोच्चले उनीहरुलाई निषेधाज्ञा खुलेपछि निवेदन लिएर आउन भनेको छ । निषेधाज्ञामा सर्वोच्चले अत्यावश्यक निवेदन मात्र दर्ता गर्ने निर्णय गरेको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...