Logo

प्रदेश २ का चार जना सांसदलाई माओवादीले बर्खास्त गर्यो



जनकपुरधाम, चैत ३० गते । एमालेमा लागेका प्रदेश २ का चार जना प्रदेशसभा सदस्यलाई माओावदीले बर्खास्त गरेको छ । योसँगै चारैजनाको सांसद पद समेत गुमेको छ ।

चारजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई समेत बुझाएको छ ।
नेकपा एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो ।

२४ घण्टाभित्र स्पष्टीकरण सोधेपनि नदिएका कारण उनीहरुलाई बर्खास्त गरिएको एकप्रदेशसभा सांसदले जानकारी दिए ।

प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...