Logo

प्रदेश २ को विभिन्न स्थानबाट ७ सय अक्सिजन सिलिन्डर नियन्त्रणमा



जनकपुरधाम, वैशाख २६ गते । प्रदेश २ को विभिन्न स्थानबाट प्रहरीले ७ सय अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको छ ।

प्रदेश २ अन्तर्गतका विभिन्न स्थानबाट अक्सिजनसहितको १ सय ३२ सिलिन्डर र खाली सिलिन्डर ५ सय ६८ वटा गरी ७ सय वटा अक्सिजन सिलिन्डर बरामद गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

उनका अनुसार उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक राखिएको अक्सिजन सिलिन्डर नियन्त्रणमा लिइएको हो ।

स्वास्थ्य प्रयोजनबाहेकको स्टक राखेको खण्डमा सिलिण्डर भेटिए नियन्त्रणमा लिने बताए ।
नियन्त्रणमा लिएको अक्सिजन सिलिन्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक डिस्टीबयुटरलाई बुझाइएको र स्वास्थ्य प्रयोजनबाहेकका लागी स्टक गरिराखेको व्यक्ति तथा समबन्धित निकायमाथि थप अनुसन्धान भइरहेको एसपी प्रसाईंको भनाइ छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...