Logo

बारामा गाँजा र विभिन्न देशको रुपैयाँ सहित युवक पक्राउ



बारा, २८ पौष । सशस्त्र प्रहरीले लागुऔषध गाँजा र विभिन्न देशको रकम सहित बाराबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरका २१ वर्षीय प्रेमलाल लामा रहेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

लामालाई बारागढी गाउँपालिका वडा नं. ७ जोखु चौधरीको घरमा लुकाई राखेको ६० केजी गाँजा सहित पक्राउ गरिएको हो ।

लामाको साथबाट ३९ हजार नेपाली रुपैयाँ सहित मोवाईल १ थान, पावनबैँक १ थान, डलर जोर्डन १, श्रीलंकाका १००, सोमालियाण्ड ५००, होङकोङको ५, भारतीय रुपैयाँ २० र मोटरसाइकल बरामद गरिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...